वैशाख १८ देखि चिनसँगका तातोपानी र हिल्सा नाका पनि पूर्ण रुपमा खुल्ने

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र १९ १५:४१ बजे
तातोपानी र हिल्सा

काठमाडौं । १८ वैशाखदेखि चिनसँग जोडीएका  थप दुई व्यापारिक नाका तातोपानी र हिल्सा नाका पनि खुल्ने भएका छन् । चिन बैशाख १८ गते देखी यि दुई नाका खुलाउन लागेको हो । १५ चैत (२९ मार्च) मा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकमा यस्तो निर्णय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । शनिबारदेखि रसुवागढी नाका पूर्ण रुपमा सञ्चालनमा आइसकेको छ ।

तिब्बतसँग जोडिएका नेपाली नाका क्रमैसँग खोल्दै जाने सहमति अनुसार दुवै नाका १८ वैशाखदेखि  खुल्न लागेका हुन् । 

नेपाल चीन दोस्रो ठूलो व्यापारिक नाका तातोपानी सोही दिनबाट व्यापारका लागि दुईतर्फी रुपमा खुला हुने भएको छ । भन्सार कार्यालयका अनुसार चीनले १८ वैशख (१ मे) बाट नाकाको व्यापार दोहोरो सञ्चालन गर्नेगरी तयारी गर्न सूचना पठाएको छ । वाणिज्य मन्त्रालयकाअनुसार अब सबै नाका खुलाउने नीतिअनुसार क्रमैसँग चीनले नाका खोल्ने समझदारी गरेको छ । 

२०७९ चैत्र १९ १५:४१ बजे

प्रतिक्रिया