काठमाडौं । केही दिनदेखि काठमाडौंका सडकमा संघर्ष गरिरहेका मिटरब्याज पीडितले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले भेट्न बोलाएपछि आज बिहानै मिटरब्याज पीडित उनको सरकारी निवास बालुवाटार पुगेका हुन् ।
मिटरब्याज पीडितले आफूले न्याय पाउनुपर्ने भन्दै वेला वेला विभिन्न कार्यक्रम गर्दै आएका छन् । मिटरब्याज पीडितहरूलाई अहिले विभिन्न राजनीतिक पार्टीहरुले ऐक्यबद्धता जनाएका छन् ।
प्रतिक्रिया