प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार,  कसले के मन्त्रालय पाए ?

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र १७ १५:५१ बजे
मन्त्रिपरिषद् विस्तार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तामा रहेको दलहरूको हेरफेर भएसँगै सोही अनुसारका पार्टीहरूलाई समावेश गर्दै मन्त्रिपरिषद्‌ पुनर्गठन गरेका छन्। राष्ट्रपतिको रूपमा पहिलोपटक रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ दिलाए। प्रचण्डले मन्त्रिपरिषद्को विस्तार गरे पनि पूर्णता भने पाएको छैन् । 

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि प्रतिनिधिसभामा फेरि विश्वासको मत प्राप्त गरेका प्रचण्डले साझेदार दलका शीर्षस्थ नेताहरूसँग भएको सहमतिअनुसार सरकारमा अहिले महत्त्वपूर्ण परिवर्तन गरेका हुन्।

को-को बने नयाँ मन्त्रि

उपप्रधान तथा रक्षा :  पूर्णबहादुर खड्का (नेपाली कांग्रेस)
उपप्रधान तथा गृह :  नारायणकाजी श्रेष्ठ (माओवादी केन्द्र)
शिक्षा, विज्ञान तथा प्रविधि :  अशोक राई (जसपा)
भूमी व्यवस्था तथा सहकारी : रञ्जिता श्रेष्ठ (नागरिक उन्मुक्ति पार्टी)
श्रम, रोजगार तथा सामाजिक सुरक्षा: शरतसिंह भण्डारी (लोसपा)
ऊर्जा, जलस्रोत तथा सिँचाइ: शक्तिबहादुर बस्नेत (माओवादी केन्द्र)
सहरी विकास: सीता गुरुङ (नेपाली कांग्रेस)
अर्थ: प्रकाशशरण महत (नेपाली कांग्रेस)
कृषि तथा पशुपक्षी विकास: बेदुराम भुसाल (नेकपा एकीकृत समाजवादी)
उद्योग, वाणिज्य तथा आपूर्ति: रमेश रिजाल (नेपाली कांग्रेस)
भौतिक पूर्वाधार: प्रकाश ज्वाला (नेकपा एकीकृत समाजवादी)
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक : महिन्द्र राय यादव (नेपाल समाजवादी पार्टी)

२०७९ चैत्र १७ १५:५१ बजे

प्रतिक्रिया