खानेपानी मन्त्री अब्दुल खानले प्रचण्डलाई राजीनामा बुझाए राजीनामा

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र १७ १५:१९ बजे
राजीना

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले राजीनामा दिएका छन् । उनले अहिले बनेको नयाँ सत्ता समिकरणमा मन्त्रिपरिषद् पुनर्गठन गर्दा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि खानले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।

१० पुसमा प्रचण्डलाई समर्थन गरेको जमनतले सुरुदेखि कृषि वा उद्योगमध्ये एक मन्त्रालयमा दावी गर्दै आएको थियो । ११ पुसमा बिना विभागीयमन्त्री बनेका खानलाई प्रधानमन्त्रीले ३ माघको मन्त्रिपरिषद् पुनर्गठनका क्रममा खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका थिए । सुरुमा असन्तुष्टि जनाएर मन्त्रालय नगएकाले उनले ११ माघमा पदभार सम्हालेका थिए ।

कांग्रेस र माओवादी केन्द्रले जनता समाजवादी पार्टी (जसपा)लाई उपराष्ट्रपति दिने सहमति गरेपछि जनमतले उपप्रधानसहित दुई मन्त्रालय आफूहरुले पाउनुपर्ने माग राखेको थियो । पछिल्ला छलफलहरुमा प्रदेश २ को मुख्यमन्त्री र केन्द्रमा उद्योग मन्त्रालय पाउनुपर्ने जनमतको माग थियो ।

२०७९ चैत्र १७ १५:१९ बजे

प्रतिक्रिया