इन्दौरमा राम नवमी मेलामा भएको दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र १७ १२:५५ बजे
दुर्घटना

 काठमाडौं ।  भारतको इन्दौरमा राम नवमी मेलामा भएको दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ३५ जना पुगेका छ । मन्दिरको इनार ढाकेको ढक्कन भत्किँदा उनीहरु इरानरमा खसेका थिए ।

बिहीबार भएको यो दुर्घटनामा परेकामध्ये आज शुक्रबार बिहानसम्ममा ३५ जनाको शव निकालिएको र अझै १ जना हराइरहेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतले सरकारले मृतकका आफन्तलाई २ लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेको छ । १८ जनालाई भने जीवितै उद्धार गरिएको हो ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुख व्यक्त गरेका छन् ।

२०७९ चैत्र १७ १२:५५ बजे

प्रतिक्रिया