मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र १६ १४:३५ बजे
मिटरब्याज पीडित

काठमाडौं । सरकार र मिटरब्याज पीडित किसानबीच बिहीबार दिउँसो भएको वार्ता पुनः बस्ने गरी सकिएको छ  । गृह मन्त्रालयमा भएको वार्तामा सरकार र मिटरब्याज पीडितले आआफ्नो धारणा राखेर पहिलो वार्ता सकिएको हो । अर्को वार्ता बिहीबार नै साँझ ६ बजे बताइएको छ । 

वार्तामा संघर्ष समितिले प्रधानमन्त्रीलाई लेखेको ९ बुँदे माग सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मालाई बुझाएको छ ।

मिटरब्याज संघर्ष समितिले यसअघि मिटरब्याज अपराधन नियन्त्रण कार्यदलबाट प्रस्तुत प्रतिवेदन समेत अध्ययन गर्न र अन्य पीडितहरुसँग पनि छलफल गर्न समय मागेकाले बेलुका पुनः वार्ता गर्ने गरी दिउँसोको वार्ता स्थगित भएको मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोज पासवानले बताएका छन् । 

२०७९ चैत्र १६ १४:३५ बजे

प्रतिक्रिया