'बालविवाह' अन्त्यका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र १५ १७:३७ बजे
बालविवाह

काठमाडौं । बालविवाह अन्त्यका लागि मधेश प्रदेश सरकारको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय र लाइफ नेपालले संयुक्त रूपमा आज बुधबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा तीन वटै तहका सरकारले समन्वय र सहकार्य गरी अघि बढ्नुपर्ने आवश्यक रहेको औँल्याएको छ ।

बालविवाह अन्त्यका लागि नीति कानुन निर्माण भए पनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि तिनै तहका सरकारबीच समन्वय सहकार्य आवश्यक  आवश्यक रहेको सुझाव रहेको छ । नीति तथा योजना आयोग मधेश प्रदेशका उपाध्यक्ष नथुप्रसाद चौधरीले बालविवाहको मामिलामा नेपाल एसियामै तेस्रो स्थानमा रहेको बताए । चौधरीले नेपालमा बालविवाहको अत्यको लागी जनचेतना र सहकार्य आवश्यक रहेको औँल्याएको छ ।

विगतमै मधेश प्रदेश सरकारले ‘बेटी पढाऊ बेटी बचाउ, छोरी बीमा, आठ कक्षामा पढ्ने छात्रालाई साइकल वितरण, दलित छात्रालाई छात्रवृत्ति’ लगायतका कार्यक्रम सञ्चालन गरेको  पनि गरेको थियो । तर पनि सरकारले चालेको कार्यक्रम प्रभावकारी हुन सकेको छैन् । 

बालबालिका सम्बन्धी बनेको ऐनमा १८ र देवानीसंहितामा २० वर्ष उमेर तोकेकाले त्यसको संशोधनका लागि मन्त्रालयले प्रक्रिया अघि बढाएको  बताउँछन, सङ्घीय महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्ण थापा । 

मधेश प्रदेश सरकारको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव देवकुमारी खत्रीले सङ्घ सरकारले लिएको लक्ष्य पूरा गर्ने किसिमले प्रदेशस्तरमा कामकाज अघि बढेको बताए । 

लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले मधेश प्रदेशमा बालविवाह अन्य गर्नका लागि बालिकालाई जागरूक गराउन आगामी वैशाख ५ गते जनकपुरधाममा प्रदेश स्तरीय बालिका सम्मेलनको आयोजन गर्न लागिएको बताएका छन् ।  

२०७९ चैत्र १५ १७:३७ बजे

प्रतिक्रिया