सेतो मच्छिन्द्रनाथ रथयात्रा आज

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र १५ ११:३९ बजे
सेतो मच्छिन्द्रनाथ

काठमाडौं । सेतो मच्छिन्द्रनाथको रथयात्रा आज बाट सुरु हुँदैछ । हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुन्छ । आज अपराह्न ४ बजे मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म मच्छिन्द्रनाथको रथजात्रा हुन लागेको हो । मच्छिन्द्रनाथको राष्ट्रपतिले पनि दर्शन गर्ने प्रचलन रहेको छ ।

काठमाडौं महानगरपालिकाले रथजत्रा हुने सडकहरुमा सबै प्रकारका सवारी साधनलाई प्रवेश निषेध गरेको छ ।

चैत १५ गते रथलाई जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन पुयाइन्छ । त्यस्तै, चैत्र १६ गते असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका र १७ गते हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगन पुर्याइन्छ ।

यसैगरी, चैत १८ गते लगन आमा रुख परिक्रमा, चैत १९ गते लगन, ज्याबहाल, द्यः लं, यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म पुर्याइन्छ ।

पानी, सहकाल र दीर्घजीवनको कामना गर्दै सेतो मच्छिन्द्रनाथको रथयात्रा निकाल्ने गरिन्छ । मल्लकालीन राजा यज्ञ मल्लको पालाबाट यो जात्रा सुरु भएको हो ।


२०७९ चैत्र १५ ११:३९ बजे

प्रतिक्रिया