विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा अश्रुग्यास र ढुंगामुढा प्रहार

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र १४ १४:२२ बजे
अश्रुग्यास र ढुंगामुढा प्रहार

काठमाडौं ।  कोशी नामकरणको विरोधमा रहेको समूह र प्रहरीबीच विराटनगरमा झडप भएको छ । पहिचान पक्षधर विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गर्दा प्रदर्शनकारीले पनि प्रहरीतर्फ ढुंगा हानेका छन् ।

प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरहरुले निरन्तर आन्दोलन गरिरहेका छन् । ५ चैतमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन जटिल बन्दै गएको छ । आज प्रदर्शनकारी मुख्यमन्त्री कार्यालयतर्फ जाँदै गर्दा प्रहरीले लखेटेको थियो ।

मुख्यमन्त्री कार्यालय नजिकै रहेको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तर्क्रियात्मक कार्यशालामा सहभागी प्रदेशसभा सदस्यहरुलाई दबाव दिन आएका प्रदर्शनकारीलाई प्रहरीले रोकेको थियो । आन्दोलनकारीले होटल विगको कफी सपको सीसा फुटाएका छन् । 

२०७९ चैत्र १४ १४:२२ बजे

प्रतिक्रिया