शैक्षिक योग्यतादेखि यौन दुव्र्यवहारको मुद्दा रहेको भन्दै चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट

शैक्षिक योग्यतादेखि यौन दुव्र्यवहारको मुद्दा रहेको भन्दै चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २६ १६:३७ बजे
भुवन केसी

 काठमाडौं । ननियुक्त चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै बिहीबार सर्वोच्चमा रिट निवेदन दायर भएको छ । विकास बोर्डको अध्यक्षका प्रत्यासीहरू नरेश पौडेल, अरुण प्रधानलगायतले केसीको नियुक्ति बदरको माग गर्दै बिहीबार दिउँसो ३ बजे सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् ।

रिटमाथि सोमबार पेसी तोकिएको छ । केसीको शैक्षिक योग्यतादेखि उमेरसम्म विवादास्पद देखिएको, उनीविरुद्ध यौन दुव्र्यवहारको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा सरकारले विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको भन्दै नियुक्ति प्रक्रिया बदर गर्न रिट निवेदनमा माग गरिएको छ ।सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले केसीविरुद्ध रिट निवेदन दायर भएको जानकारी दिए ।

२०७९ साउन २६ १६:३७ बजे

प्रतिक्रिया