नगर प्रहरीको अवरोधले गरेपछि मिटरब्याज पीडित बालेन विरुद्ध लगाए नारावाजी

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र १३ १७:१४ बजे
मिटरब्याज पीडित

काठमाडौं । मिटर ब्याज पीडितलाई काठमाडौं महानगरपालिकाको नगर प्रहरीले खुलामञ्च प्रवेश गर्न रोक लगाएको छ ।

विभिन्न जिल्लाबाट पैदल हिँडेर काठमाडौं आएका मिटरब्याज पीडित वीर अस्पताल अगाडिको गेटबाट खुलामञ्च प्रवेश गर्न  खोज्दा महानगरपालिकाले रोकेको हो ।  

त्यसपछि मिटरब्याज पीडितले मेयर बालेन साहविरुद्ध नाराबाजी गरेका छन् ।खुला मञ्चमा विरोध कार्यक्रम गर्न आइतबार नै महानगरका मेयर र जिल्ला प्रशासन कार्यालयमा अनुमति माग गरेको तर सुनवाई नभएको मिटरब्याज पीडितहरूले बताएका छन् । खुलामञ्च प्रवेश गर्न नदिएपछि उनीहरु वीर अस्पताल अगाडिको सडकमै बसेका छन् ।

मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोज पासवानले घरखेत लुटिएर न्याय माग्न आउँदा पनि खुलामञ्चमा बस्न नदिएकोमा आपत्ती जनाएका छन् । 

खुलामञ्चमा बस्ने विषयमा आफूहरूसँग सल्लाह नभएको र अनुमति नमागिएको काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताएका छन् । 

२०७९ चैत्र १३ १७:१४ बजे

प्रतिक्रिया