कञ्चनपुरमा भन्सार छली गरी ल्याएका कपडा बरामद

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र १२ १९:५७ बजे
कपडा बरामद

कञ्चनपुर। कञ्चनपुर प्रहरीले झण्डै दुई लाख मूल्यबराबरका कपडा बरामद गरेको छ  । प्रहरीले भीमदत्त नगरपालिका–४ बाट भन्सार छलीका कपडा बरामद गरेको हो । प्रहरीले आइतबार विशेष सूचनाको आधारमा उक्त सामाना बरामद गरेको हो । 

सलाई, अस्तर कपडा, नरिवल धुलो र प्लास्टिक झिल्ली गरि करिब एक लाख ८७ हजार मूल्य बराबरका सामग्री बेवारिसे अवस्थामा फेला पारेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

२०७९ चैत्र १२ १९:५७ बजे

प्रतिक्रिया