नेपालमा कोरोना संक्रमणका कारणबाट मृत्यू हुनेको संख्या बढ्दै -आज मात्रै पाँच जनाको मृत्यू

नेपालमा कोरोना संक्रमणका कारणबाट मृत्यू हुनेको संख्या बढ्दै आज मात्रै पाँच जनाको मृत्यू

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २६ १६:३० बजे
कोरोना संक्रमण

 काठमाडौं ।  नेपालका  पछिल्ला केहि दिन यता कोरोना  संक्रमण  हुनेको संख्या  लगातार बढ्दै गईरहेको छ । नेपालभरमा  पछिल्लो  २४ घण्टामा कोरोना  संक्रमणको काराण बाट ५ जनाको   ज्यान गएको छ  ।  हिजो कोरोना संक्रमणको कारणबाट ज्यान जानेको  संख्या  ३ रहेको थियो  कोरोनाको पछिल्लो  नेपालमा हालसम्म महामारीबाट ११ हजार ९८२ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा थप ८१५ जना सङ्क्रमित  भेटीएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । ४ हजार ५३४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६५ जना तथा एन्टिजेन विधिबाट ३५० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ४७६ जना सङ्क्रमणमुक्त भएका छन् भने ३१ हजार ७६१ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

२०७९ साउन २६ १६:३० बजे

प्रतिक्रिया