एकै समयमा एकै उचाइमा उडानको अनुमति दिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तीन एटीसी निलम्बित

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र १२ १५:१७ बजे
एटीसी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार तीन एटीसीलाई एकै समयमा एकै उचाइमा उडानको अनुमति दिएको भन्दै  कारबाही गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका तीन एटीसीलाई कारबाही गरेको क्यानले जनाएको छ ।  

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले गत शुक्रबार ९ बजे नेपाल एयरलाइन्सको जहाज १५ हजार फिटमा र एयर इण्डियाको जहाज त्योभन्दा तल उडान गर्न अनुमति दिएकाले कारबाही गरीएको जनाएका छन् । 

उनले सो विषयमा छानबिन गर्न एउटा कमिटी गठन गरिएको र सो कमिटीको अध्ययन प्रतिवेदन नआएसम्मका लागि एक्टिभ पोजिशनबाट एटीसीलाई हटाइएको बताएका छन् । 

दुई जहाज एकै ठाउँमा होल्ड गर्दा कम्तीमा हजार मिटर उचाइको दूरी हुनुपर्ने प्रावधान रहेको छ ।  

२०७९ चैत्र १२ १५:१७ बजे

प्रतिक्रिया