बालबच्चा बोकेर ११ दिन पैदलै हिँडेर मिटर ब्याज पीडित आइपुगे काठमाडौं

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र १२ १४:४३ बजे
मिटर ब्याज पीडित

काठमाडौं । ११ दिनको पैदल हिँडेर तराई मधेसका मिटर ब्याज पीडित काठमाडौं पुगेका छन् । चैत २ गते महोत्तरीको बर्दिबासबाट पैदल मार्च सुरु गरेका उनीहरु हेटौंडा हुँदै काठमाडौंको चन्द्रागिरि नगरपालिका ६ मातातीर्थमा आइपुगेका हुन् । बालबच्चा बोकेका महिलाहरुसमेत पैदल मार्चमा सहभागी छन् ।

मिटरब्याजविरुद्धको संघर्ष समितिको समन्वयमा उनीहरु ‘बर्दिबास(काठमाडौं पैदल मार्च अभियान’ मा सहभागी भएका हुन् ।

तमसुक व्यवस्था खारेज गर्नु पर्ने, सुदखोरलाई कारबाही गरी मिटरब्याजीद्वारा लुटिएको सम्पत्ति फिर्ता हुनु पर्ने, पीडितविरुद्ध लगाइएका झुटा मुद्दा खारेज हुनु पर्ने लगायका मागहरु राख्दै उनिहरु काठमाडौं आएका हुन् ।   

२०७९ चैत्र १२ १४:४३ बजे

प्रतिक्रिया