यो के अच्चम्म भयो

bimbonline नरेन्द्र देवकोटा
२०७९ चैत्र ११ ०९:४९ बजे

डोटी।

जन्मेकै पाँच दशक भयो, कुरा सुन्न लागेको चार दशक भयो

राजनितीक भाषण,घोषणापत्र सुन्न लागेको तीन दशक भयो

बृहद शान्ति सम्झौता हुन लागेकै झण्डै दुई दशक हुन लाग्यो

युवा जन्मभूमि छाडी खाडिमा जानथाले यो के अच्चम भयो 


हिजो बिदेशबाट केहीबस्तु आयात भएपनि केही निर्यात हुन्थे

चामल, गहुँ, तरकारी, दाल, तेल जेजतिआफ्नै देशमा फल्दथे

कसैको घरमा समस्या परिहालेमा गाउँले सुख दुखमा जुट्दथे

जग्गा बाँझा हुँदैछन्, किनेर खाने भन्दा नेपाली शरम मान्दथे।


कस्तो अच्चम माथिदेखि वडासम्म एक दर्जन बढि समूहछन्

अनेक दल समूह बिचार र सिद्वान्त अनि लडन्त भिडन्त छन्

सँगैका छिमेकी आ-आफ्नो नीति र अडानमा अडिएका छन् 

हामीकहाँ आपस आपसमा लडेरनै खै के गर्न लागि रहेछन् ?


दोस्रो बिश्व युद्वमा क्षतबिक्षत भएका जापानी संबृद्व बनि सके

हिजो नेपालपछिका देश आज बिकासको सूचिमा पुगिसके

संबृद्व भनिएका नेपाली कोहि काम, कोहि सहयोग माग्दैछौँ

अब त एकजुट होउँ, किन अर्काको बुद्वि र बुइमा लाग्दैछौँ ।




२०७९ चैत्र ११ ०९:४९ बजे

प्रतिक्रिया