पेरिसमा प्रदर्शन हिसांत्मक बनेपछि बेलायती राजारानीको फ्रान्स भ्रमण स्थगित

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र ११ ०८:३३ बजे
पेरिस

काठमाडौं । फ्रान्समा पेन्सन सुधार सम्बन्धी विषयलाई राजधानी पेरिसमा जारी प्रदर्शनका कारण बेलायती राजा चार्ल्सको राजकीय भ्रमण स्थगित भएको छ ।

शुक्रवार बकिंघम प्यालेसले बेलायती राजा चार्ल्स र रानी क्यामिलाको आइतवार देखि बुधबारसम्म हुने भनिएको राजकीय भ्रमण स्थगित भएको हो । फ्रान्स सरकारले त्यहाँका नागरिकका लागि पेन्सन पाउने उमेर ६२ बाट बढाएर ६४ बनाइदिएपछि पेरिससहितका सहरमा विशाल प्रदर्शन गर्दै आएका छन ।

फ्रान्सको चार दिने भ्रमण सकेर बेलायती राजपरिवार पेरिसबाट जर्मनी यात्रा गर्ने भ्रमण तालिका थियो । प्रददर्शन हिंसात्मक बन्दै गएपछि फ्रान्स र बेलायत सरकारबीच वार्तामार्फत् राजपरिवारको भ्रमण स्थगित गरिएको बेलायतस्थित बकिंघम प्यालेसका प्रवक्ताले बताएका छन् । उनका अनुसार अर्को अनुकुल मिति उपलब्ध भएपछि चार्ल्सले फ्रान्स भ्रमण गर्नेछन् ।

२०७९ चैत्र ११ ०८:३३ बजे

प्रतिक्रिया