ईपीएस कोरियाको शुल्क खल्तीबाट सजिलैसँग यसरी भुक्तानी गर्न सकिन्छ

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र १० १८:३५ बजे
ईपीएस कोरियाको शुल्क खल्तीबाट

काठमाडौं । अब ईपीएस कोरियाको शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने भएको छ । खल्तीले ईपीएस कोरियाको व्यवस्थापन शुल्क तिर्ने सुविधा थपेसँग सहजै ईपीएस कोरियाको शुल्क खल्तीबाट तिर्न सकिने भएको हो ।  

रोजगारीका लागि कोरिया जाने प्रक्रियामा रहेका प्रयोगकर्ताहरूले खल्तीबाट आफ्नो ईपीएस कोरियाको अन्तिम व्यवस्थापन शुल्क तिर्न  सकिने व्यवस्था थप गरेको हो । नेपाल सरकार र दक्षिण कोरिया सरकारको संयुक्त पहल हो ईपीएस कोरिया जस अन्तर्गत कोरियामा विदेशी कामदारहरूलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्नका लागि सरकारले ल्याएको प्रणाली हो।
थप रूपमा, खल्ती जस्ता डिजिटल वालेट मार्फत भुक्तानी प्रणाली सुरु गर्दा प्रक्रियालाई थप सहज र समय बचत हुने खल्तीले जनाएको छ ।

कसरी गर्ने सकिन्छ  खल्तीबाट भुक्तानी

तल दिएको स्टेप्स अनुसार खल्ती प्रयोगकर्ताहरूले शुल्क भुक्तानी गर्न सक्नेछन् :

१. खल्तीको होमपेजमा जानुहोस्
२. 'पपुलर गभर्मेन्ट सर्भिसेस' मा ट्याप गर्नुहोस्
३.  'EPS' कोरिया व्यवस्थापन शुल्क' छनौट गर्नुहोस्
४. आफ्नो राहदानी नम्बर दाखिला गरि विवरण भर्नुहोस्
५. भुक्तानी प्रकृया छनौट गरि भुक्तानी गर्नुहोस्

वैदेशिक रोजगारमा जानेहरूले खल्ती मार्फत ‘रिलायबल सुरक्षित जीवन बिमा’ योजना पनि लिन सक्नेछन् । त्यस अन्तर्गत ३ लाख रूपैयाँ सम्मको इन्स्योरेन्सको लाभ प्राप्त गर्न सक्नेछन् । 

२०७९ चैत्र १० १८:३५ बजे

प्रतिक्रिया