सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका विद्यार्थीद्वारा जेब्रा क्रसिङ कार्यक्रम सम्पन्न

bimbonline यज्ञराज उपाध्याय
२०७९ चैत्र १० १८:१९ बजे
जेब्रा क्रसिङ कार्यक्रम

टीकापुर । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका विद्यार्थीहरूले शुक्रबार जेब्रा क्रसिङ कार्यक्रम गरेका छन् । टीकापुर बहुमुखी क्याम्पस अगाडि सडकमा विद्यार्थीको धेरै चाप हुने भन्दै उक्त कार्यक्रम गरिएको हो । 

टीकापुर बहुमुखी क्याम्पस अगाडी सडकमा विद्यार्थीको धेरै चाप हुने भएको भन्दै इलाका प्रहरी कार्यालय टीकापुर प्रमुख डिएसपी उद्धव सिंह भाटको प्रमुख आतिथ्यता र ट्राफिक प्रहरी प्रमुख शोभान सिंह कार्कीको विशिष्ट आतिथ्यमा गरिएको उक्त कार्यक्रमको अध्यक्षमा कृषि विज्ञान सङ्कायका विद्यार्थी दिलिप पोखरेल रहेका थिए ।

कार्यक्रममा बोल्दै डिएसपी भाटले विद्यार्थीहरूले सुरुवात गरेको यो कार्यक्रम चुनावी अभियान नभई सच्चा मनको हुनुपर्ने बताए । उनले यस्ता कार्यक्रमहरूले समाजमा राम्रो सन्देश जाने भन्दै ट्राफिक व्यवस्थापनमा पनि सहयोग हुने बताए । भाटले अहिले देशमा औसतमा दैनिक दुर्घटनामा परेर ६ जनाको ज्यान गइरहेको बताउँदै सवारी चलाउँदा ट्राफिक नियमको पालना गर्नु अत्यावश्यक रहेको बताए ।

कृषि विज्ञान सङ्कायकै विद्यार्थी विधान हमालले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थी तप्त जैशीले स्वागत गरेका थिए । कार्यक्रममा विद्यार्थी, समाजसेवी, सञ्चारकर्मी, सुरक्षाकर्मीको उपस्थिति रहेको थियो ।

२०७९ चैत्र १० १८:१९ बजे

प्रतिक्रिया