नेपाल प्रहरीको प्रमुखमा वसन्तबहादुर कुँवर

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र १० १७:५४ बजे
एआईजी

काठमाडौं । नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवर नियुक्त भएका छन् ।शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो प्राथमिकता रहेको बताएका छन् । विगतदेखि संगठनले लिएका प्राथमिकतालाई नै आफूले निरन्तरता दिने उनको भनाइ रहेको छ ।   

तीन दिनअघि मात्रै सरकारले उनीसहित ५ जनालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । बढुवा भएका कुँवरसहित टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य आईजीपीका लागि प्रतिस्पर्धी थिए । तीमध्ये १ नम्बर वरियतामा रहेका कुँवरलाई सरकारले महानिरीक्षकमा बढुवा गरेको हो ।

२०७९ चैत्र १० १७:५४ बजे

प्रतिक्रिया