विश्व क्षयरोग दिवसको अवसरमा टीकापुर नगरपालिकाद्वारा बिरामीलाई पोषण सहयोग

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र १० १७:३९ बजे
बिरामीलाई पोषण सहयोग

टीकापुर । विश्व क्षयरोग दिवसको अवसरमा टीकापुर नगरपालिकाले अन्तरक्रिया कार्यक्रम गरेर बिरामीलाई पोषण सहयोग गरेको छ ।

शुक्रबार सिटी हलमा स्वयंसेविका, क्षयरोग बिरामी, भोलुन्टरसहितको सहभागितामा यो रोगका लक्षण, बच्ने उपाय, उपचार लगायत विषयमा अन्तरक्रिया  कार्यक्रम गरीएको हो । जनस्वास्थ्य प्रवर्द्धन उपशाखाका प्रमुख बल बहादुर रावलका अनुसार नगरपालिका भित्रका १९ जना बिरामीलाई पोषण सहयोग गरिएको र उनीहरूलाई उपचाररत रहेदेखि सन्चो नहुन्जेल मासिक रुपमा पोषण सहयोग गर्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा  टीकापुर नगरपालिका भित्र क्षयरोग बिरामीहरूको पहिचान, जनचेतना लगायतका विषयमा छलफल भएको उपशाखाका कमल बहादुर रावलले बताए ।

२०७९ चैत्र १० १७:३९ बजे

प्रतिक्रिया