५१ प्रतिशत परिवारले अझै पनि खाना पकाउन काठ/दाउरा प्रयोग गर्छन्

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र १० १३:३८ बजे
खाना पकाउन काठ

काठमाडौं । आधाभन्दा बढी नेपाली परिवारले खाना पकाउन काठ दाउरा प्रयोग गर्ने गरेको पाइएको छ ।   राष्ट्रिय जनगणना २०७८ अनुसार  देशका ६६ लाख ६० हजार ८४१ परिवारमध्ये आधाभन्दा बढी अर्थात् ५१ प्रतिशत परिवारले खाना पकाउन अक्सर काठ/दाउरा प्रयोग गर्ने गरेका छन् । 

नेपालमा खाना पकाउन अक्सर दाउरा, एलपी ग्याँस, बिजुली, गुइँठा, बायोग्याँस र मट्टितेल प्रयोग हुने गरेको छ । खाना पकाउन अक्सर एलपी ग्याँस प्रयोग गर्ने परिवार ४४.३ प्रतिशत र बिजुली प्रयोग गर्ने परिवार जम्मा ०.५ प्रतिशत  रहेको छ । गुइँठा, बायोग्याँस, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवारको प्रतिशत क्रमशः २.९, १.२, ०.०५ र ०.१ प्रतिशत छ।

राष्ट्रिय जनगणना २०६८ अनुसार ६४.० प्रतिशतले खाना पकाउन अक्सर दाउरा प्रयोग गर्ने गरेका थिए।नेपालमा हाल बिजुली प्रयोग गर्ने परिवार ९२.२ प्रतिशत छ । २०६८ मा ६७.३ प्रतिशत परिवारले बिजुली प्रयोग गर्दथे

२०७९ चैत्र १० १३:३८ बजे

प्रतिक्रिया