विद्यालयबाट घर फर्कँदा माथिबाट खसेको ढुङ्गा लाग्दा दीप रोशन परियारकाे घटनास्थलमै ज्यान गयो

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र १० १०:४९ बजे
death

रुकुम पश्चिम । रुकुम पश्चिममा एक बालकको ढुङ्गाले लागेर ज्यान गएको छ ।  आठबिसकोट नगरपालिका वडा नम्बर ११ गोइरी निवासी महेन्द्र परियारका ९ वर्षीय छोरा दीप रोशन परियारको बिहीबार बेलुका ढुङ्गाले लागेर ज्यान गएको हो । 

 प्रहरीका अनुसार विद्यालयबाट फर्कँदै गर्दा ढुङ्गाले लागेर बालकको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार बालक परियारलाई विद्यालयबाट फर्कने बेला गोइरी भन्ने ठाउँमा माथिबाट खसेको ढुङ्गाले टाउकोमा लागेको थियो । करिब ६०-७० मिटर माथिबाट आएको ढुङ्गा टाउकोमा लाग्दा उनको घटनास्थलमै ज्यान गएको हो ।  

परियार स्थानीय बाल कल्याण माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत थिए । प्रहरीका अनुसार  ढुङ्गा के, कसरी खस्यो भन्ने कुरा नखुलेको  र घटनाबारे अनुसन्धान भइरहेको छ । 

२०७९ चैत्र १० १०:४९ बजे

प्रतिक्रिया