जनताको दुख: कसले बुझ्ने , गर्भवतीलाई झोलुङ्गेमा झुन्ड्याएर अस्पताल

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र १० १०:३३ बजे
गर्भवती

काठमाडौं । तनहुँको आँबुखैरेनीमा  मोटर बाटो नहुँदा स्थानीयहरु सास्ती खेप्नु परेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ आम डाँडा निवासी हीरा गुरुङलाई बिहीबार प्रसूति व्यथा लागेपछि गाउँलेहरूले झोलुङ्गेमा बोकेर अस्पतालमा पुर्‍याए । गाउँमा मोटर बाटोको पहुँच नहुँदा एम्बुलेन्स जान नसकेकोले  त्यहाँका स्थानियहरुले झोलुङ्गेमा बिरामी बोक्नुपर्ने बाध्यता रहेको छ । 

गुरुङलाई व्यथा लागेपछि  झोलुङ्गेमा हालेर दुई घण्टा पैदल हिँडेपछि पाँचकिलोमा एम्बुलेन्स बोलाएर आँबुखैरेनी अस्पताल लगिएको होे । अझै पनि सडक नपुग्दा सो गाउँका बासिन्दा सुत्केरीको व्यथा लाग्दा वा बिरामी हुँदा झोलुङ तथा स्टेचरमा बोकेर अस्पतालमा लैजान पर्ने वाध्यता छन् । 

पालिकालाई पटक पटक सडकको लागि बजेट विनियोजन गर्न माग गरे पनि नछुट्टाएकाले मोटर बाटो पहुँच नहुँदा बिरामीलाई सिरकको खोल वा तन्नालाई बाँसमा बाँधेर बनाइएको झोलुङ्गेमा राखेर लैजानु पर्ने बाध्यता रहेको वडाध्यक्ष मिलन भुजेलले भनाई रहेको छ ।  

झोलुङ्गेमा बोकेर अस्पतालमा लैजानु पर्ने अवस्था हुँदा समयमा नै उपचार नपाएर कतिपयको मृत्यु हुनु परेको बारे जानकारी दिँदै धेरै पटक पालिकामा बजेट माग राख्दा पनि सुनुवाइ नभएको गुनासो वडाध्यक्ष  रहेको छ ।  

२०७९ चैत्र १० १०:३३ बजे

प्रतिक्रिया