रानीपोखरीमा अब सर्वसाधारण बिनाटिकट जान पाउने

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र १० १०:१६ बजे
रानीपोखरी

काठमाडौं । रानीपोखरी पुनर्निर्माणपछि पहिलोपटक सर्वसाधारणको लागि खुला गरिएको छ । अब सर्वसाधारण बिनाटिकट जान पाउने भएका छन् ।  

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरकाअनुसार महानगर प्रहरीले सरसफाइ गरेर बुधबारबाट सर्वसाधारणको लागि रानीपोखरी खुला गरेको  हो । 

रानीपोखरीमा अब सर्वसाधारण बिनाटिकट अवलोकन गर्न जान पाउनेछन् । ‘पुनर्निर्माणपछि महानगरले बारम्बार सर्वसाधारणलाई खुलाउन पहल गर्दै आएको थियो । बुधबारबाट औपचारिक रुपमा खुले पनि आजबाट मान्छेहरु रानीपोखरीमा जान थालेका छन्,’ प्रवक्ता मानन्धरले भने ।

२०७२ को भूकम्पले क्षति पुगेपछि पुनर्निर्माण गरी रानीपोखरीलाई पुरानै स्वरुप दिइएको थियो । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ८ पुस २०७८ मा महानगरलाई रानीपोखरी हस्तान्तरण गरे पनि सर्वसाधारणका लागि खुला गरिएको थिएन । v

२०७९ चैत्र १० १०:१६ बजे

प्रतिक्रिया