युक्रेन युद्ध : क्राइमियास्थित रुसी सैन्य हवाई अड्डामा विस्फोटले नराम्रो क्षति

युक्रेन युद्ध : क्राइमियास्थित रुसी सैन्य हवाई अड्डामा विस्फोटले नराम्रो क्षति

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २६ १५:१० बजे
युक्रेन युद्ध

काठमाडौं । भूउपग्रहबाट खिचिएका तस्बिरहरूमा यस साताको सुरुमा भएका विस्फोटहरूपछि क्राइमियाको एक रुसी हवाई आधारक्षेत्रमा ठूलो हानि र कैयौँ रुसी युद्ध विमानहरू ध्वस्त भएको देखिएको छ।

रुसशासित क्राइमियाको पश्चिममा रहेको साकी आधारक्षेत्रमा मङ्गलवार शृङ्खलाबद्ध विस्फोटहरू हुँदा एक जनाको मृत्यु भएको थियो।

युक्रेनले त्यसको जिम्मेवारी दाबी गरेको छैन तर यो नयाँ प्रमाणले सम्भवतः त्यहाँ निशानाबद्ध हमला भएको देखाउँछ।

अमेरिकामा रहेको प्लानेट ल्याब्जबाट प्राप्त तस्बिरहरूमा त्यहाँ सिर्जित आगोबाट ठूलो क्षेत्र जलेको देखिन्छ।उक्त हवाई मैदानको मुख्य धावनमार्ग असररहित देखिन्छ तर कम्तीमा आठ वटा विमानहरू ध्वस्त भएको देखिन्छ।

त्यहाँ कैयौँ खाल्डाहरू समेत स्पष्टसँग देखिन्छन्।ती धेरैजसो उक्त आधारक्षेत्रको निश्चित क्षेत्रमा देखिन्छ जहाँ धेरै सङ्ख्यामा विमानहरू खुला आकाशमै पार्क गर्ने गरिन्छ ।

घटनाअघि र पछि भूउपग्रहबाट खिचिएका तस्बिरहरू
घटना अघि र पछिका तस्बिरहरू दिएको प्लानेट ल्याब्जले युक्रेन माथिका सयौँ भूउपग्रहबाट प्राप्त विवरणहरू केलाउँछ।९ अगस्टमा विस्फोटनहरू हुनुअघिको साकी हवाई आधार

यी तस्बिरहरू नै उक्त आधारक्षेत्रमा भएको क्षतिको पहिलो स्वतन्त्र पुष्टि हुन्।

यस अघिसम्म ती विस्फोटनहरूले गराएको क्षतिको स्तर अस्पष्ट थियो।तर अझै उक्त आधारक्षेत्र कसरी वा केबाट ध्वस्त भयो भन्ने स्पष्ट हुन सकेको छैन।

विस्फोटपटिको दृश्य

रुसी दाबी अनुसार अग्नि सुरक्षाका नियमहरू तोडिँदा त्यहाँको विस्फोटक पदार्थ भण्डारमा विस्फोटन भएको हो।

युक्रेनले जिम्मेवारी दाबी गरेको छैन र उसका रक्षामन्त्रीका अनुसार त्यसको दोषी लापरवाह रुसी सैनिकहरू हुन सक्छन्।

‘मलाई लाग्छ त्यस हवाई आधारक्षेत्रका सैनिकहरूले खतरनाक ठाउँहरूमा धूमपान नगर्ने भन्ने सामान्य नियमहरू तोडेका छन्,’ओलेस्की रेज्निकोभले भने।

युक्रेनको हवाई फौजले झन्डै एक दर्जन रुसी युद्ध विमानहरू ध्वस्त भएको जनाए तापनि रुसले कुनै विमानमा क्षति भएको भन्ने कुरा अस्वीकार गरेको छ।

यी तस्बिरहरूले त्यो सही नभएको बताउँछन्।

यूकेको प्रतिक्रिया

यूकेका रक्षामन्त्री बेन वालेसले त्यहाँ दुई भिन्न विस्फोटनको विन्दु देखा पर्नुले त्यो दुर्घटनाभन्दा पनि हमला भएको देखिने बताएका छन्।९ अगस्टमा विस्फोटनहरू हुनुअघिको साकी हवाई आधार

उनले क्राइमियालाई लक्षित गर्नु युक्रेनको अधिकार रहेको भन्ने कुराको समेत बचाउ गरेका छन्।विस्फोटपटिको दृश्य

‘आवश्यक पर्‍यो भने युक्रेनका लागि घातक शक्ति प्रयोग गर्ने कुरा स्वाभाविक रूपमा वैधानिक हुन्छ।।।त्यो आफ्नो भूभाग फिर्ता ल्याउन मात्र होइन हस्तक्षेपकारीहरूलाई पछाडि धकेल्न पनि,’उनले बीबीसीसँग भने।

युक्रेनले क्राइमियामा गर्ने जुनकुनै हमला युद्धलाई उचालेको रूपमा हेरिनेछ।

गत महिना रुसले एउटा चेतावनी दिने क्रममा पूर्वराष्ट्रपति दिमित्री मेद्भेदेभले यदि युक्रेनलाई निशानामा पारिएमा ‘निर्णायक दिन तत्काल आउने’ बताएका थिए।

क्राइमिया कस्तो भूभाग हो? 
क्राइमिया अन्तर्राष्ट्रिय मान्यताप्राप्त युक्रेनी भूभाग हो। तर ब्ल्याक सीमा रहेको उक्त प्रायद्वीपलाई रुसले सन् २०१४ मा आफ्नोमा गाभेको थियो।धेरै युक्रेनीहरूले त्यो नै उनीहरूको रुससँगको युद्धको सुरुवातका रूपमा लिन्छन्।

मङ्गलवारका विस्फोटनहरूपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो रात्रिकालीन सन्देश क्राइमियामा केन्द्रित गर्दै उनले युद्ध अन्त्य हुन सक्नु अघि युक्रेनले त्यसलाई आफ्नो नियन्त्रणमा लिनुपर्ने बताएका थिए।

रुसी भाषी बहुल क्षेत्र क्राइमियाले सन् २०१४ को मार्चमा एक जनमतसङ्ग्रहमार्फत् रुसमा गाभिन मतदान गरेको थियो।उक्त प्रक्रियालाई अन्तर्राष्ट्रिय समुदायले गैरकानुनी ठान्छ।

रुसी फौजहरूले छद्मभेषमा उक्त प्रायस्द्वीप वरपरका रणनीतिक ठाउँहरूमा नियन्त्रण कायम गरेपछि उक्त मतदान निकै छिटो गरी आयोजना गरिएको थियो।युक्रेनका रुस समर्थित राष्ट्रपतिलाई महिनौँको युरोपेली पक्षधरको प्रदर्शनले पद छाड्न बाध्य पारेसँगै भएको थियो।

क्राइमियालाई रुसमा गाभेको ८ वर्षपछि यो वर्षको २४ फेब्रुअरीमा रुसले युक्रेनमा पूर्ण आकारको हमला सुरु गरेको हो। बीबीसी नेपाली सेवाबाट

२०७९ साउन २६ १५:१० बजे

प्रतिक्रिया