अर्जेन्टिना र चिलीमा ६.५ र ६.३ रेक्टर स्केलको शक्तिशाली भूकम्पको धक्का

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र ९ ०५:३८ बजे
भूकम्प

काठमाडौं । अर्जेन्टिनामा बुधबार राति भूकम्प गएको छ । यस भूकम्पको तीव्रता रिक्टर स्केलमा ६.५ मापन गरिएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले भूकम्प गएको पुष्टि गरेको छ ।

मंगलबार राति विश्वभर भूकम्पको धक्का महसुस गरिएको छ । यसै क्रममा बुधबार राति अर्जेन्टिनामा पनि धक्का महसुस गरीएको छ । यस भूकम्पको तीव्रता रिक्टर स्केलमा ६.५ मापन गरिएको थियो । भूकम्पको पुष्टि गर्दै अमेरिकी भूगर्भ सर्वेक्षणले यसको केन्द्रविन्दु अर्जेन्टिनाको सान एन्टोनियो डे लस कोब्रेसबाट ८४ किलोमिटर उत्तरपश्चिममा रहेको बताएको छ । हाल यसबाट कुनै पनि मानवीय वा सम्पत्तिको क्षति भएको छैन। यसै क्रममा चिलीको इक्विकमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । यहाँ भूकम्पको तीव्रता ६ दशमलव ३ मापन गरिएको छ । यहाँ पनि कुनै क्षतिको विवरण छैन।

वास्तवमा मंगलबार अबेर राति विश्वका करिब नौ देशमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको थियो । यस क्रममा मानिसहरूले करिब ४० सेकेन्डसम्म भूकम्पको धक्का महसुस गरेका थिए । अवस्था यस्तो बन्यो कि मानिसहरु त्रसित भएर घरबाहिर निस्कन थाले । जानकारी अनुसार भूकम्पको तीव्रता ६ दशमलव ६ थियो । यस भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानको हिन्दुकुशबाट १३३ किलोमिटर दक्षिणपूर्वमा रहेको थियो ।

२०७९ चैत्र ९ ०५:३८ बजे

प्रतिक्रिया