कविता- हाम्रो एकता समाज

bimbonline करन दयाल
२०७९ चैत्र ८ ११:२३ बजे

समाजको सदस्यता अभियान तिब्रगतिमा छ।

जहाँ गएपनि एकता समाजको लहर राम्रै छ।

अखिल भारत नेपाली  एकता  समाज 1979 मा

 स्थापना भएको  संगठन यस्को मुलमान्नेता छ


 यस समाजले हजारौ नेताहरू तयार पारेकै हो।

देश जनताका समस्या समाजले बोल्ने गरेकै हो।

जबजब देशमा कालोबादल मडारिएको हुन्छ

त्यसबेला एकताका हातहरूले खबदारी गरेकै हो।

जनताका समस्याहरू एकता समाजले राखेकै हो।


अहिले पनि देश जनताको समस्या राखिरहेकोछ।

जनताको लागि कार्यक्रमको अगाज गरिरहेको छ।

सम्झौताहिन संघर्ष गरेर क्रान्तिकारी र त्यसबाट

 बिचलितहरूलाई सत्यकोबाटोमा ल्याइरहेको छ।


हिजोका गल्ति कमजोरीमा अध्ययन गर्ने गरौँ।

हातेमालो गरेर एक रुपताका साथ अगाडि बढौँ।

अखिल भारत नेपाली एकता समाजको रातोरक्त

रन्जित झण्डालाई एकता प्रेमिहरूले उच्चा राखौँ।


सदस्यताको यात्रामा केही तिता कुरा सुनिदै छन।

असली नक्कली कुराहरू गरेर भ्रममा पारेका छन।

यी झुटाकुराहरूले कहिले सम्म सात देला आफैमा

बिचारणिय हुनुपर्छ प्रश्न जनतामा बाझिएका छन।


एकता समाज मजदुरहरूको अभिभाबक संगठन हो।

नेपाली मजदुरहरूको मार्गदर्शन गरिरहने संस्था हो।

अखिल भारत नेपाली एकता समाजले देशमाथि हुने

अन्यायका बिरूद्वमा आन्दोलित भईदिने संगठन हो।


भारतभरि एकता समाजमा जनचाहना  बडेको छ।

जता गएनि एकता समाजमा जनताको समर्थन छ।

जति भ्रर्मित गरेपनि गोरखपुर भेला नै असली 

एकता समाज हो भन्ने जनताले चुनौति दिएको छ।


यहि हो हाम्रो प्यारो घर यहि हो समाज भनेकाछन।

भारतका कुना कन्तराहरूमा एकताका नारानै छन।

अखिल भारत नेपाली एकता समाजमय संगठन हुँदै

छ यसमा दुबिधा नगरी जनताले घोषणा गर्दिएका छन।


 एकताका हातहरूले समाज अविरल यात्रामा प्रवल छ।

यसको अटुट चट्टान जस्तो खरा जनसागरको ज्ञान छ।

बैचारिक लौह अनुशासन ज्ञानबाट प्रभावित महासागर

जस्तो भारतमा नेताकार्यकर्ताले पुर्ण भएको एकता जस्तो छ।





२०७९ चैत्र ८ ११:२३ बजे

प्रतिक्रिया