ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा घटनास्थलमै ३ जनाको ज्यान गयो

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र ८ १०:४९ बजे
ट्रक दुर्घटना

काठमाडौं ।  दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । उनीहरूको घटनास्थलमा ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखकाअनुसार नेपालगन्जबाट दैलेख जाँदै गरेको मनकामना ग्यास बोकेको भे १ क २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका-४ तालपोखरी नजिक दुर्घटना हुँदा तीन जनाको मृत्यु  भएको हो । 

सवारी चालक अन्दाजी ३१ वर्षीय कृष्ण चौधरी, ट्रकमा सवार २५ वर्षीय लक्षिराम चौधरी र २३ वर्षीय विष्णु चौधरीको मृत्यु भएको डीएसपी किशोर लम्सालले बताएका छन् । मृतकहरूको ठेगाना खुल्न बाँकी रहेको छ । ट्रक सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

२०७९ चैत्र ८ १०:४९ बजे

प्रतिक्रिया