नेपाल टेलिकमको 'भीओएलटीई' सेवामा समस्या

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र ८ १०:३४ बजे
नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा फेरि पनि समस्या आएको छ ।  टेलिकमका प्राविधिकहरुले समस्या समाधानको प्रयास जारी राखेका छन् । टेलिकममा समस्या आउँदा फोन सम्पर्कमा कठिनाइ भएको छ ।

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले भीओएलटीई सेवामा समस्या देखिएको बताएका छन् । टुजी, थ्रीजी, फोरजीमा समस्या छैन तर भीओएलटीईको कोरमा केही समस्या देखिंदा फोन नलाग्ने समस्या देखिएको र आफुहरु  समाधानको प्रयास गरिरहेका अधिकारीले बताएका छन् । 

मोबाइलमा भीओएलटीई चलाइरहेकाहरुकोमा मात्र यसबाट प्रभावित भएको उनले बताए । बिहानैदेखि मोबाइल नम्बरमा सम्पर्क नहुने समस्या देखिएको गुनासो सेवाग्राहीहरुले गरेका छन् ।

विश्व दूरसञ्चार दिवसको अवसर पारेर नेपाल टेलिकमले २०७८ जेठदेखि फोरजीमा आधारित भ्वाइस ओभर (भीओ) एलटिई सेवाको परीक्षण सुरु गरेको थियो । यो सेवाबाट फोरजी मोबाइलमा हाई डेफिनेसन (एचडी) भ्वाइससहित ग्राहकहरुले सेवामा गुणस्तर थपिएको महसुस गर्न सक्ने नेपाल टेलिकमको दाबी थियो ।

२०७९ चैत्र ८ १०:३४ बजे

प्रतिक्रिया