आगामी तिन दिनको मौसम पूर्वानुमान

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र ८ ०७:५४ बजे
मौसम पूर्वानुमान

काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ।  हाल  कोशी र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  । कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको  महाशाखाले जनाएको छ । 

बुधवार दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बुधवार राती  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

बिहीबार दिउँसो  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा  र देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ ।

बिहीबार राती  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

शुक्रबार दिउँसो लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार राती  गण्डकी,  लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

चेतावनी  तथा  परामर्श

कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघ गर्जन र चट्याङ्ग तथा  हावा/हुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

२०७९ चैत्र ८ ०७:५४ बजे

प्रतिक्रिया