मुखलाई मात्रै नियन्त्रणमा राखे ९० प्रतिशत रोग लाग्दैनन्-डा .प्रकाश बुढाथोकी

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र ६ १८:२४ बजे
डा. प्रकाश वुढाथोकी

काठमाण्डौ ।परिवर्तित जीवनशैलीका कारण मुख स्वास्थ्यको समस्या बढ्दो छ । मुख स्वास्थ्यको ख्याल राख्न सके ९० प्रतिशत रोग लाग्नबाट बच्न सकिने चिकित्सकहरू बताउँछन् । मुख स्वास्थ्य शारीरिक स्वास्थ्यसँग पनि जोडिएका कारण यसको ख्याल राख्न अत्यन्तै जरुरी रहेको प्रमुख कन्सल्टेन्ट डेन्टल सर्जन डा. प्रकाश बुढाथोकीले बताए । उनले भने, ‘मुख स्वास्थ भयो भने शरीर स्वास्थ हुन्छ ।  शरीर स्वस्थ छ कि छैन भन्ने कुरा पनि मुखबाट थाहा हुन सक्छ ।’ उनका अनुसार नेपालमा मात्र नभएर विश्वमै ९० प्रतिशत मानिसहरूमा मुख स्वास्थ्यको समस्या छ । 

उनले भने, ‘जसरी हामी खाने कुरा खान्छौँ  र  बिरामी भएको बेला औषधिको पनि सेवन गर्छौं । यो सबै मुखबाट शरीरमा प्रवेश गर्छ । मुखलाई शरीरको प्रवेशद्वार पनि भनिन्छ । ऐना पनि भनिन्छ ।’ कुनै रोग शरीरमा देखा पर्नुअगाडि मुखमा सूचकको रूपमा देखा पर्ने गरेको उनी बताउँछन् । उनका अनुसार कुनै पनि व्यक्तिको श्वास गन्ध आउने समस्या छ भने दाँत तथा मुखमा अड्किएको, चप्किएको फोहोरले गर्दा वा मुखको रोगले पनि हुन सक्छ । अन्यथा मधुमेह भएका व्यक्तिहरूमा फलफूलको जस्तो गन्ध आउँछ । मिर्गौला, कलेजोसम्बन्धी रोग भएका व्यक्तिहरूको पनि मुखबाट गन्ध आउन सक्छ । 

उनी भन्छन्, ‘अहिलेको जीवनशैलीलाई परिर्वतन गर्न मात्र सके पनि केही हदसम्म स्वस्थ जीवन बिताउन सकिन्छ ।’  मानिसले मुखको सरसफाइमा मात्रै ख्याल गर्ने हो भने शरीरमा लाग्ने ९० प्रतिशत रोग निको हुने उनको बुझाइ छ ।


.

२०७९ चैत्र ६ १८:२४ बजे

प्रतिक्रिया