विराटनगरमा हवाइ फाइर निषेधाज्ञा तोड्ने ४ जना पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र ५ १६:४१ बजे
विराटनगर

 मोरङ चैत्र ५ गते  । प्रदेशको नाम पहिचान वा जातिका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालय नजिकै प्रदर्शन गर्ने चार जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।कोशी प्रदेशको नाम पुनः नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछि उनीहरुलाई पक्राउ गरेको हो ।

भिड नियन्त्रण गर्न प्रहरीले एक दर्जन अश्रुग्यास र तीन राउन्ड हवाई फायरसमेत गरेको छ ।प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नाम कोशी प्रदेश राखेको थियो । त्यसयता पहिचानको आधारमा पुनः नामकरण हुनुपर्ने भन्दै विभिन्न  जातिवादी सँघ सँस्थाहरुले  निरन्तर प्रदर्शन गरिरहेका छन् ।

प्रदेश सभाको एक कार्यकाल ५ वर्ष  सम्म पनि प्रदेशको नामकरण गर्न नसकी समाप्त भएकोमा नयाँ प्रदेश सभाले गत फाल्गुन १७ गते गरेको नामांकनको विरोधमा असन्तुष्ट पक्षले आन्दोलन घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको पाँच ठाउँमा निषेधाज्ञा जारी गरेको थियो ।कोशीको सट्टा जातिवादीहरुले प्रदेशको नाम खुम्वुवान वा लिम्वुवान वा कुनै जातिको नाम वाट खार्नु पर्ने  माग गर्दै आएका छन।




२०७९ चैत्र ५ १६:४१ बजे

प्रतिक्रिया