ब्यवहारमा रंगहरु

bimbonline नरेन्द्र देवकोटा
२०७९ चैत्र ४ १८:५८ बजे

काठमाण्डौ  चैत्र ५ गते।

आजभोलि रंगको प्रयोग 

धेरै ठाउँमा देख्छु

घरका भित्ता र लुगामा

बोलीचाली र अभिवादनमा 

हँसाई अनि ब्यवहार

अनि हाम्रा दिनचर्याहरुमा 

रंग नमिसिएको कहिँ

कतै ठाउँ बाँकि छ र ?

 

रंगहरुमा रंग त छँदैछ 

हल्का, फिका, मध्यम 

गाढा, रातो, पहेँलो

हरियो, गुलाफी आदि

रङ्गसँगै आनीबानीमा

बोली र ब्यवहारहरुमा

रङ्गहरु देखिने गर्छन् ।

 

कतै सादा ब्यवहार 

कतै खर्चिलो र देखासिकि,  

कतै हाइफाई देखिरहेको त ?

कतै तड्किलो र भड्किलो 

अझ कतै तेजिलो र फुर्तिलो 

कतै कडा र झोक्की स्वभाव ।

 

त्यसैले 

सभ्यताको प्रस्तुती होस् 

या शिष्टताको प्रस्तुती 

यिँ हाम्रा जीवन शैलीका

बिभिन्न तरिका र बिधिहरु

बोल्दा होस् या बस्दा

खाँदा होस् या हाँस्दा 

घरमा होस् या बाहिर 

जुनसुकै मान्छेलाई 

प्रभाव पार्ने आधार बन्छन् ।

 

यी हुन् हामी भित्रका 

ब्यवहारका रङ्गका बिशेषता 

हाम्रा शैली, हाम्रा ढँग

हामीलाई मन पराउने र

मन नै नपराउने

हुन् हाम्रै शैलिका आधार 

अनि हाम्रै ब्यवहारका आधार ।

 

 

२०७९ चैत्र ४ १८:५८ बजे

प्रतिक्रिया