पेट्रोलियम ढुवानी व्यवसायीले फेरि गरे आन्दोलनको घोषणा

पेट्रोलियम ढुवानी व्यवसायीले फेरि गरे आन्दोलनको घोषणा

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २६ १४:३१ बजे
पेट्रोलियम ढुवानी व्यवसायी

काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलन घोषणा गरेका छन् । गत २१ साउनदेखि पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेर फिर्ता लिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पुनः आन्दोलन घोषणा गरेको हो ।

महासंघका अध्यक्ष खगेश्वर बोहोराले निगमले सहमति पालना नगरेपछि व्यवसायीहरु पुनः आन्दोलित हुन बाध्य भएका जनाएका छन् । ‘१ भदौसम्म ढुवानी भाडा वृद्धि नगरिए २ गतेदेखि अग्रिम ढुवानी अनुमति नलिने र अन्य आन्दोलनका कार्यक्रम गर्ने छौं’ महासंघको विज्ञप्तिमा उल्लेख छ ।

गत १५ साउनमा निगमले लिखित पत्र पठाएर भाडा वृद्धि गर्ने जानकारी गराए पनि सो पालना नभएको महासंघको जनाएको छ । महासंघले हालको ढुवानी भाडामा ट्रक र ट्यांकर चलाउन नसकिने भन्दै सम्पूर्ण खर्च गर्नेगरी निगम आफैंलाई ट्यांकर चलाउन पनि आग्रह गरिएको छ ।

२०७९ साउन २६ १४:३१ बजे

प्रतिक्रिया