ढल्केवरमा बाल क्लब द्वारा सडक नाटक प्रदर्शन

रितिरिवाज,जुन अहिले को अवस्थामा एकदमै बाध्यत्मक अवस्था बन्दै गएको छ। बालविवाह, दाइजो प्रथा, वैदेशिक पलायन, मोबाइलको कुलत , समाजमा छोरी प्रतिको नकरात्मक सोच लगायतका समस्याहरु रहेको छ.।

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र ४ ०९:२३ बजे
सडक नाटक

 धनुषा ढल्केवर  चैत्र ४ गते।धेरै कुराहरु मा परिवर्तन आयो तर समाजमा पहिला देखि नै चल्दै आएको रितिरिवाज,जुन अहिले को अवस्थामा एकदमै बाध्यत्मक अवस्था बन्दै गएको छ। बालविवाह, दाइजो प्रथा, वैदेशिक पलायन, मोबाइलको कुलत , समाजमा छोरी  प्रतिको नकरात्मक सोच लगायतका समस्याहरु विधमान अवस्थामा सर्वदित नै रहेको छ। विगत लामो समयदेखि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश द्वारा धनुषाको मिथिला नगरपालिका र वटेशवर गाउँपालिका मा गठित बाल अधिकार संचेतना समुहहरुले समाजमा सडक नाटकको मार्फत बालविवाह नगरौं, दाइजो प्रथा विरुद्ध अभियान चलाएरै सन्देश दिइरहेका छन्।

हिजो शुक्रबार धनुषाको मिथिला नगरपालिका -६ ढल्केबर मा अवस्थित रहेको श्री महेन्द्र मावि मा रहेको बाल अधिकार संचेतना समुह द्वारा ढल्केवर चोकमा सडक नाटक प्रदर्शन गरेका छन्। बाल अधिकार संचेतना समुह मधेस प्रदेशका अध्यक्ष हरिचन्द्र साहको नेतृत्वमा सडक नाटक देखाइएको छ। सडक नाटक मा छोरी प्रतिको नजरिया अर्थात् हेर्ने दृष्टिकोण नकरात्मक रहेकै कारणले बालविवाहको समस्या यथावतै रहेको र यसले गर्दा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा व्यक्तिमा मात्र समिति नभई समाजमै नकरात्मक प्रभाव परेको कुरा दर्साउन खोजेको थियो। साथै बेरोजगारी को कारण वैदेशिक रोजगारको सिलसिलामा अर्काको देशमा गएर पसिना बगाउनु पर्ने बाध्यात्मक अवस्थाले यता घरमा छोराछोरी मोबाइल चलाएर कुलतमा फस्दै गएको प्रति कसरी यसलाई न्युनिकरण गरी मोबाइल को सदुपयोग गर्ने र विवाह गर्दा दाइजो नलिइ विवाह गर्ने कुराहरू नाटक मार्फत् सन्देश दिन खोजिएको थियो।

स्थानीय समुदायलाई अधिकार र कर्तव्य प्रति सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उदेश्यले धनुषाको चारवटा विधालयमा मानव अधिकार शिक्षा कार्यक्रम चलिरहेको छ। सोही कार्यक्रम अन्तर्गत हिजो श्री महेन्द्र मावि ढल्केबरका बाल अधिकार संचेतना समुह ढल्केबरद्वारा ढल्केवर चौकमा सडक नाटक प्रदर्शन गरिएको थियो। सडक नाटकमा सोही विधालयका विधार्थीहरु सहभागी भई अभिनय गरेका थिए।


२०७९ चैत्र ४ ०९:२३ बजे

प्रतिक्रिया