प्राध्यापक खड्ग बहादुर पछेराको निधन

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र २ १७:३८ बजे
मृतक खड्ग बहादुर पछेरा

धनगढी चैत्र २ गते । धनगढी  कैलाली बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापक खड्ग बहादुर पछेराको निधन भएको छ। ४७ वर्षीय पछेराको आज बिहीवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले जानकारी दिए।

अस्पताल स्रोतका अनुसार आज बिहान ११ बजे उनले विषादी पदार्थ सेवन गरेको अवस्थामा आइसियुमा भर्ना गरिएको थियो। अहिले उनको पोस्टमार्टम गर्ने तयारी भैरहेको अस्पताल प्रशासनले जनाएको छ। उनले विषादी सेवन गरेको हो वा गराइएको हो ? किन सेवन गरे भन्ने अनुसन्धान भइ रहेको प्रहरीले वताएका छन। उनको मृत्युको कारण भने खुल्न बाकी रहेको  छ र  थप अनुसन्धान पछि प्रष्टहुने प्रहरी स्रोतले जनाएको छन। 


२०७९ चैत्र २ १७:३८ बजे

प्रतिक्रिया