रासायनिक मलको अनुदानमा भएको कटौतीको विरोधमा उत्रीन नेकपा(मशाल)को आव्हान

देशैभर किसानहरुले बिउ, मल , सिंचाइको अभावका बाबजुद जेनतेन उत्पादन, जिबिका र आफ्नो भबिस्यका लागी माटो सङ्ग कठिन संघर्ष गरी उत्पादन गरेको तरकारी अन्नवाली र पशु पन्छिजन्य उत्पादन लाइ बिदेशी उत्पादनको छायांमा पार्ने निति सरकारले लिएको छ।

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र १ १५:४४ बजे
रासायजिक मल

वुटवल चैत्र १। नेकपा (मशाल) रुपन्देहीका प्रवक्ता वावुराम आर्चायले  आज एक विज्ञाप्ति निकाल्दै किसानले मल खरिद गर्दा  विगतमा  सरकारले अनुदान दिदै आएकोमा सो रकममा कटौति गरि न्युन रकम मात्र अनुदान दिने कुराको विरोध जनाएका छन। विज्ञप्तिमा भनिएको छ-यस वर्षको माघ २० गते चितवनका किसानले तरकारी सडकमै फाले, त्यस लगत्तै झापाका कुखुरा ब्यवसायीले जीउँदो कुखुरा र अण्डा नै सडकमा फालेर साङ्केतिक बिरोध जनाए ।  देशैभर किसानहरुले बिउ, मल , सिंचाइको अभावका बाबजुद जेनतेन उत्पादन, जिबिका र आफ्नो भबिस्यका लागी माटो सङ्ग   कठिन  संघर्ष  गरी उत्पादन गरेको तरकारी  अन्नवाली  र पशु पन्छिजन्य उत्पादन लाइ बिदेशी उत्पादनको छायांमा  पार्ने निति सरकारले लिएको छ। 

सरकारको गलत नितिले किसानका पिडा माथी पिडा थपिएका छन् । यिनै किसानको अभिभावकको रुपमा रहेको सरकारले आफ्ना जनताको घाटी थिचेर मरणासन्न हुने गरि  मलमा अनुदान घटाउने निर्णय लिएको छ। बिषादी परिक्षणको प्रस्ताव मन्त्रीपरिषदबाट  फिर्ता गरेर  भारतीयहरु लाई खुसीको उपहार प्रदान गरेको एक महिना नबित्दै पुनः नेपाली किसानका बिरुद्ध उभिएको छ प्रचण्ड सरकार ।

 गत बर्षहरुमा मलमा दिदै आएको अनुदान ७०\८२ प्रतिशतबाट घटाएर ५९ प्रतिशतमा झारेर  किसानको ढाड सेक्न काम सरकारले गर्दै छ। भारतीय बिषादीयुक्त तरकारी  निर्बाध रुपमा नेपाल भित्र्याउन दिने निर्णय गरेर  सत्ताका लागी नेपाली जनताको स्वास्थ्य सङ्ग सौदाबाजी गरेको महिना दिन नबित्दै यो सरकार किसान र कृषि प्रति यति विध्न असहिष्णुता किन वन्दैछ ? भन्ने कुरा गम्भिर रहेको वताइन्छ।

अहिले अन्तर्राष्ट्रिय रुपमा रासायनिक मलको मुल्य घटेको छ। तैपनि यो सरकारले नेपाली किसानका हितहरुका  विरुद्धमा जुन निर्णय लिएको छ यो निर्णय फिर्ता गर्न हाम्रो पार्टीले सरकार सङ्ग जोडदार माग गर्दछ। अतः यो निर्णय देशैभरिका सम्पुर्ण किसान र रुपन्देहीका ६ लाख ७१ हजार ३  सय भन्दा बढी  किसानहरुका बिरुद्दमा भएको हुदा  सरकारी रबैयाका बिरुद्धमा आन्दोलनका लागी हाम्रो पार्टी आम उपभोक्ता र किसानहरु सङ्ग हार्दिक अपिल  गर्दछौ भनि विज्ञाप्तिमा उल्लेख गरेका छन।                          


२०७९ चैत्र १ १५:४४ बजे

प्रतिक्रिया