गाउँपालीकामा कर्मचारी नहुदा सेवाग्राही मार्कामा

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र १ ०८:५६ बजे
दुर्गाथली गा.पा.

वझाङ चैत्र १ गते।     बझाङ जिल्ला दुर्गाथली गाउँपालिका वडा नँ ६ चुवावनको वडा कार्यालयमा विगत सात्आठ महिना देखि वडा सचिव नहुदा जनताका दैनिक जिवनमा हुने काममा समस्या देखिएका छन्।जन्मदर्ता , मृत्युदर्ता,बसाइँ सराई,विवाहदर्ता ,सम्वन्ध विच्छेद दर्ता जस्ता व्यक्तिगत घटना दर्ताका काम वार्ड सचिवले मात्र गर्न पाउने कानुनी व्यवस्था भएको हुदा सोकाम हुन सकेका छैन्न। करिव आधावर्ष भन्दा वढि समय सम्म वार्ड सचिव नहुदा वार्डवासीहरुका व्यक्तिगत घटना दर्ता कार्य रोकिएको कुरा राम वहादुर महताले वताए।सँघियलोकतान्त्रिक गणतन्त्र स्थापना पछि,गाउँ गाउँ मा सिहदरबार आएको भनिए पनि जनताले समयमा सेवा पाउन सकेका छैन्न। वडासचिवको व्यवस्थापन मिलाउने दायित्व वोकेका वडा अध्यक्षलाई  स्थानिय जनताले सोध्दा  केही थाह छैन भनि जवाफ दिने गरेको कुरा  स्थानिय जनताले वताएका छन।

उता दुर्गाथली गाउँपालिका को  कार्यालयमा लेखा अधिकृत नहुदा  आर्थिक वर्षको अन्तिम चौमासिक सम्म सम्पन्न भएका र पेशि लिइ काम गर्नु पर्ने योजनाको  उपभोक्ता वा सरोकालवाले भुक्तानी प्राप्त गर्न नसकेर मार्का परेका छन भने योजनाको काम दुर्तगतिमा हुन नसकेको कुरा विरेन्द्र दौल्यालले वताए।



२०७९ चैत्र १ ०८:५६ बजे

प्रतिक्रिया