सात महिनाको सुखा खडेरीले किसानहरु आक्रान्त

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन २८ १६:१४ बजे
वझाङमा पाइपवाट छहारा सिचाइ गर्दै किसान

  वझाङ। सुदुरपश्चिमका हिमाली जिल्लाहरुका धेरैजसो स्थानहरुमा आकासे पानिको भरमा खेतिपाति हुने गरिने गरेको छ।यस बर्ष भदौ महिनादेखि पानी र हिमपात  नपर्दा किसानहरु चिन्तित बनेका छन्। बझाङ जिल्लाका माथिल्लो हिमाली भेगका ठाउँमा हिउदमा प्रायजसो प्रशस्त मात्रामा हिउँपरेपछि खुसि हुने किसानहरु यो पटक भने मसिर ,पुष ,माघ ,फाल्गुन महिना सम्म पनि हिमपात  र पानी नपर्दा गहुवाली लगायतका अन्नवालीको उव्जनीको मात्र न्युन हुनेहुदा  किसानहरु चिन्तित देखिएका छन्।

 लामो समयको सुख्खा खडेरीपछि यस भेगका किसानहरु पाईपबाट पानी ल्याएर छहारा सिचाँई गर्ने गरे पनि त्यो प्रयाप्त हुने गरेको छैन। हिमपात र पानी पर्ने महिना सकिए पनि अझै हिउ र पानी आउछकी भन्ने आशमा किसानहरु रहेका छन।  हिमपात र पानी समयमा परेपनि तिन महिनामात्रै खान पुग्ने हिमाली भेगका मानिसहरु यस  पटक भोकमरिको चपेटामा पर्ने  कुरा निश्चित देखिन्छ। यस भेगका जनताहरु लाइ भोगमरी वाट वचाउनु स्थानिय,प्रदेश र केन्द्र सरकारले  खाध्यन्न  शुपत मुल्य वा निःशुल्करुपमा  वितरण गर्नु कुरा निवर्तमान वर्डाअध्यक्ष धिरज जाग्रीले वताउनु भयो।



२०७९ फागुन २८ १६:१४ बजे

प्रतिक्रिया