मेडिकल माफियाहरुले पत्रकार शेरवहादुर ऐर माथि भौतिक आक्रमण गरेको आशँका

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन २८ ०८:५१ बजे
घाइते पत्रकार शेरवहादुर ऐर

धनगढी। धनगढीका पत्रकार शेरबहादुर ऐरमाथि आक्रमण गरिएको छ।शनिवार राति उनीमाथि आक्रमण गरिएको हो। धनगढीखबरमा कार्यरत पत्रकार ऐरमाथि शनिवार राति ९ बजेतिर रुवस होटलमा आक्रमण भएको पत्रकार मोहन पनेरुले बताए। पनेरुका अनुसार ऐर रुवस होटलको प्रवेशद्धवारमा अचेत अवस्थामा भेटिएको जनाएको छ। 

 ऐरको शनिवार राति सेती प्रादेशिक अस्पतालमा उपचार गरिएको छ। उनको टाउकोमा पाँच वटा टाँका लागेका छन्। पत्रकार ऐरलाई धारिलो हतियार वा सिसाले आक्रमण गरेको हुन सक्ने पत्रकार पनेरुले बताए। समाचारको विषयलाई लिएर अस्पताल व्यवसायी तथा औषधि व्यवसायीहरुले पत्रकार ऐरमाथि आक्रमण गरेको हुन सक्ने आशँका गरिएको छ। कैलाली प्रहरीलाई मौखिक जानकारी दिइएको छ। आज घटनाको विषयमा थप अनुसन्धान हुने पत्रकार महासंघ कैलालीले बताएको छ।

 यस सम्वन्धमा पत्रकार दिल वहादुर छत्यालले आफ्नो फेसवुक मा स्टाटस लेख्दै भनेका छन-

मेडिकल माफियाले सवैतिर सेटिङ मिलाएर फार्मेसी, अस्पतालमा गरिरहेका बिकृति, बेथिती, ब्रह्मलुट र अपराधिक कृयाकलाप झल्किने समाचार पत्रकार शेर बहादुर ऐरले लेख्नु, आज रुबस होटेलमा जमघट भएका अस्पताल संचालक, फार्मेसी संचालक लगायतले सवैका अगाडि खुल्लम खुला हाम्रा बारेमा लेख्ने त्यो पत्रकारको टाउको फुटाउनु पर्छ, हात काट्नु पर्छ भन्नू र सांझ रुवस होटेलकै कार्यक्रममा सहभागी तिनै पत्रकार ऐर राती ९ बजेतिर एकाएक टाउकोको पछाडी ५ टांका लाग्ने गरि गम्भिर चोट लागेर बेहोस अवस्थामा अस्पतालमा भर्ना हुनु हावा आउनु र रुख ढल्नु मात्र हो कि अरु केही रहस्य हो ? यो खुल्दै जाला  तर अस्पतालमा उपचार नसकिदै, घटनाको छानबिन नहुदै प्रहरी टोलिकै अघि माफियाहरुको सेटिङमा अस्पतालले लडेर टाउकोमा चोट लागेको भनेर रिपोर्ट लेख्न गरेको प्रयासले सेटिङमा कति हदसम्म चलखेल हुन्छ भन्ने नाङ्गो रुप देखियो । पत्रकार ऐरको टाउकोमा लागेको चोटको कारण छानबिनबाट निस्केला  तर चलखेल र सेटिङमा जस्तासुकै घटनालाई पनि ढाकछोप गर्न कति छिटो कसरत हुन्छन भन्ने कुरो चाहिँ त्यो भन्दा ठूलो अनुसन्धान र चिन्ताको बिषय छ  भनि लेखेका छन।

कसैको समाचार प्रति आपत्ति भएमा कानुन को प्रकिया अनुसार प्रेस काउन्सिल वा अदालतमा मुद्दा गर्नु पर्नेमा यसरी भौतिक आक्रमण गर्ने कुरा निन्दनिय छ ।आक्रमणमा सँलग्न जो सुकै भए पनि कानुनी कार्वाहि हुनु आवश्यक छ।


२०७९ फागुन २८ ०८:५१ बजे

प्रतिक्रिया