देउवालाई भोट हाल्नु भनेको राष्ट्रको विरुद्धमा भोट हाल्नु हो भन्दै सागर ढकालको पक्ष उभिए कर्ण मल्ल

देउवालाई भोट हाल्नु भनेको राष्ट्रको विरुद्धमा भोट हाल्नु हो भन्दै सागर ढकालको पक्ष उभिए कर्ण मल्ल

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २६ १३:५९ बजे
कर्ण मल्ल

काठमाडौं । नेपाली कांग्रेसका बिपीका  नेता  तथा  डडेल्धुरा  जिल्ला नेपाली कांग्रेसका  पूर्व सभापति  कर्ण मल्लले  अहिलेका नेपाली कांग्रेसका सभापति शेर बहादुर  देउवाले  आफ्नो सिद्धान्त छोडेको  तर  अब  देउवाको  यस्तो  हर्कत  प्रति सबैलाई आवाज उठाउन  आग्रह गरेका छन् ।

 उनले  नेपाली कांग्रेसको विरुद्धमा सम्पन्न स्थानीय  तहको  निर्वाचनमा उम्मेदवारी  समेत  दिएका थिए ।  उनले  स्थानीय तहको निर्वाचनमा  नेकपा  एमालेसँग सहकार्य गरेका  थिए । मल्ल अहिले नेपाली कांग्रेस बिपीका उपसभापति  समेत रहेका छन् ।   उनले  एभरेस्ट नेपालसँगको  अन्तर्वार्तामा  शेरबहादुर  देउवाको खेदो  खने । उनले  अहिले   शेरबहादुर  देउवाले  प्रचण्ड र नेपाललाई  साकै भाइ मानेका  आरोप लगाएका छन् । उनले अहिले प्रधानमन्त्री शेर बहादुर  देउवाले जनतालाई  ठग्ने काम गरिरहेका बताएका छन् ।

मल्ल खूलेरै  नेपाललाई  हिन्दु राष्ट्र बनाउनु पर्ने बताएका छन् । उनले  नेपाली कांग्रेस भित्र रहेका नेताहरूलाई  देउवाको  विरुद्धमा विद्रोह गर्न आग्रह गरेका छन् ।  उनले अब पनि  देउवाले चुनाव  जिते  देश सिक्किम  हुने  बताएका छन् ।

 उनले  अबको  निर्वाचनमा  सागर ढकालले  डडेल्धुराबाट चुनावमा उठ्ने विषयमा सबैले  उनलाई सम्मान गर्नु पर्ने बताएका छन् ।  उनले  आफूलाई मत नदिए पनि  अहिलेको  निर्वाचनमा  शेर बहादुर  देउवालाई  हराउनको  लागि भएपनि जाग्न आग्रह गरेका छन् ।  उनले विगतमा विर हरु जन्मेको  भूमिका  मानिसहरू  अब उठ्न आवश्यक रहेको  औंल्याएका  छन् ।  उनले  देउवालाई भोट हाल्नु भनेको  राष्ट्रको विरुद्धमा  भोट हाल्नु जस्तै भएको  बताएका छन ।

२०७९ साउन २६ १३:५९ बजे

प्रतिक्रिया