देश विदेशमा मनाइयो महिला दिवश

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन २५ ११:२० बजे
दाङको महिला दिवश

  दाङमा सम्पन्न भयो सँयुक्तरुपमा महिला दिवश

 संसारका उत्पीड़ित महिला एक हौ”अधिकार र न्यायका लागी संगठित बनौ  भन्ने नाराका साथ २०७९ साल फागुन २४ गते अर्थात् आठ मार्च अंन्तराष्ट्रीय महिला दिवस घोराही ३ बेलुवा सहिद स्मृति पार्कमा भब्यताको साथ संपन्न भयो। कार्यक्रमको अध्यक्षता अखिल नेपाल महिला संघ (क्रांतिकारी) कि जिल्ला अध्यक्ष हेमंता घिमिरेले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य  अखिल नेपाल महिला संघ (क्रांतिकारी)कि केन्द्रीय सदस्य सुशीला आचार्यले राख्नुभएको थियो। विशिष्ट अतिथिको आसान बाट नेकपा ( मशाल) का  केन्द्रीय सदस्य  शशीधर भण्डारीले बोल्नु भएको थियो। कार्यक्रममा शुभकामना दिने अन्य बक्ताहरुमा नेकपा बहुमत केन्द्रीय सदस्य तिलक  पुन, नेकपा (क्रांतिकारी माओबादी)  जिल्ला सहइञ्चार्ज रामजी चौधरी, नेकपा (मशाल) का जिल्ला सचिब राम बहादुर जी एम , नेकपा (बहुमत) लुम्बिनी क्षेत्रीय ब्यूरो सदस्य कामरेड हिमाल, अखिल नेपाल महिला संघ जिल्ला प्रतिनिधि बसंता भट्टराई,  प्रवास क्षेत्रबाट कमला घिमिरे , कुसुंडा भाषा शिक्षिका खम्बा रोकाय , दलित मुक्ति मोर्चा लुम्बिनी प्रदेश सदस्य तिलक बिक  लगायत हुनुहुंथ्यो। 

 विश्व भरी ११३ औ अंन्तर्राष्ट्रीय महिला दिवस मनाई रहदा छोरी लाई भ्रूण नास गरिदै होला। अरबका देशका महिला बुर्खा लगाएर हिड़न बाध्य छन।  दाइजोको कारण कती चेली ज्यूदै जली रहेका छन। कती वृद्ध आमालाई बोक्सिको आरोप खपी रहनु भएको छ। छोरा नजन्माएको कारण बहुविवाहका शिकार बनेका छन।

 सहभागी वक्ताहरुले कुनै एक जना महिला प्रधान न्यायाधीश ,राष्ट्रपति प्रधानमंत्री हुदैमा सम्पूर्ण महिला मुक्ति संभव छैन। बँग्लादेशमा महिला प्रधानमंत्री भए कै समय तस्लीमा नरसीनलाई देश निकाला गरेको उदाहरण हाम्रो अगाड़ी छ।जहाँ नीति सिद्धान्त ठीक छ त्यहा मात्र सम्पूर्ण जातजाती भाषा भाषी लिंगीय मुक्ति हुनेछ भन्ने धारणा राख्नु भयो।

  डडेल्धुरामा अमरगढी नगरपालीकाले सम्पन्न गर्यो महिला दिवश 

 लैङिगक समानताको वलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार भन्ने नाराका साथ डडेल्धुरा मा पनि अमरगढि नगरपालीकाको आयोजनामा ११३औ महिला दिवश वागवजार वसपार्क वाट न्यालीसहित अमरगढि नगरपालीका को सभाहलमा कार्यक्रम सम्पन्न भयो। कार्यक्रमा  महिला दिवशको शुभकामना आदान प्रदान ,गित ,कविता वाचन ,भगारी महिलाहरु लाइ दोसल्ला ओडाइ सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन सामाजिक शाखा प्रमुख लाल वहादुर साउद, स्वागत प्रमुख प्रशासकिय लक्ष्मी प्रशाद उपाध्याय ,अध्यक्षता उपप्रमुख पार्वती झुकाल ले गर्नु भएको थियो। प्रमुख अथिति  डडेल्धुरा जिल्ला समन्वय  समिति प्रमुख  गँगन भण्डारी, विशिष्ठ अथिति नगरप्रमुख दिल्लीराज जोशि  र  प्रमुख जिल्ला अधिकारी  हुनुहुन्थयो। महिला दिवशमा विभित्र कार्यालय प्रमुख र सँघसँस्थाको पनि सहभागीता रहेको कुरा  नगरपालीकाका महिला तथा वालवालीका शाखा प्रमुख इन्द्रा रावलले वताउनु भयो।

  भारतमा एकता समाजले मनायो ११३ औ अन्तर्राष्ट्रिय महिला दिवस 

अखिल भारत नेपाली एकता समाज केन्द्रीय महिला विभागको आयोजनामा महिलाहरूको महानचाड ११३ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस ८ मार्च कार्यक्रम दिनांक ८ मार्च २०२३ का दिन अनलाइन प्रविधि द्धारा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता देवी रिजालले गर्नु भयो। अतिथिहरूको आशनग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो।

उपस्थित जनमानसलाइ शब्दबाट माया हमाल र संगित बाट रक्तिमका कलाकारहरूले स्वागत गर्नु भएको थियो। कार्यक्रमलाइ शुभकामना दिनेहरूमा प्रमुख अतिथि अखिल नेपाल महिला संघकी पूर्व अध्यक्ष सुर्य थापा, विशिष्ट अतिथि अखिल नेपाल महिला संघकी कोषाध्यक्ष मनु बि क, अतिथिहरू नेकपा (मशाल) बरिष्ठ नेता विमल शर्मा, बाग्लुङ जिल्ला सेक्रेटरी नारायण सापकोटा, केन्द्रीय सदस्य गौरिलाल कार्की, केन्द्रीय प्रतिनिधि धर्मराम बि क, रूपन्देही जिल्ला सदस्य दयाराम खनाल, अखिल भारत नेपाली एकता समाजका अध्यक्ष देब बहादुर लामीछाने, अन्तराष्ट्रीय नेपाली एकता समाजका सचिव महेन्द्र बस्याल, अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य कमला खड्का, साउदी अरव नेपाली एकता समाजका पूर्व महासचिव जेबी फौजा, दुवै नेपाली एकता समाजका पूर्व महासचिव टिकाराम नेपाली, जापान नेपाली एकता समाज सदस्य देवेन्द्र बस्याल, बेल्जियम नेपाली एकता समाज सदस्य राजवेलबासे, अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव शोभाराम सापकोटा, राम सिंह बि क, कोषाध्यक्ष ईन्द्र भेटाल, केन्द्रीय सदस्य हेमराज रिजाल, उमानन्द आचार्य, तिलकराम गोराथोकी, बाबुराम नेपाली, कृष्ण पौडेल, सुर्य थापा, रन बहादुर थापा, अर्जुन केसी, करन दयाल, कृष्ण बि क, गनेश बिक, शेर सिंह बि क, शेर दयाल, हाँकका पत्रकार राजु अधिकारी, बिनीमाधव पौडेल, बिधार्थी नेता बिक्रम केसी, नर बहादुर बि क, क्षेत्रीय महिला सदस्य मिना बि क, दिपा शर्मा, माया थापा हरिकला थापा, सुनिता बस्याल, लक्ष्मी खनाल र कलावती दयाल रहनु भएको थियो।  कार्यक्रम संचालन दुर्गा सुवेदीले र अध्यक्ष देवी रिजालले गर्नु भएको थियो।


२०७९ फागुन २५ ११:२० बजे

प्रतिक्रिया