मान्छेका स्वभाव

bimbonline नरेन्द्र देवकोटा
२०७९ फागुन २४ ०८:०२ बजे

मान्छेमा तृप्ति बढ्दै गएपछि 

असन्तुष्टि बढाउँदै जान्छन्

जब असन्तुष्टि बढाउँछन्

अनेक रंग देखाउन थाल्छन् 

लडन्न भिडन्न ,नारा, जुलुस 

ढुङ्गा हान्ने, हतियार पड्काउँने

आन्दोलनका नाममा यति सम्मकि 

धनजनकै क्षति गराउँछन् ।


बिहानसम्म पानी

बाराबार भएपनि

अघिसम्म बोलचाल बन्द र

आपसमा गाली गरागर भएपनि

जब आन्दोलनका 

शर्त पूरा हुन्छन्

तब तृप्तिहरु पूरा हुन्छन् 

अनि मान्छे एकाएक

फेरि रंग बदल्न थाल्छन्

 साँझ एक जिउ हुन्छन्।


खुसिका रंगसँगै 

दोस्ति बढ्न थाल्छन्

अच्चमका छन् 

मान्छेका स्वभाव

एकछिनमै एक जिउ हुन्छन् ।

चटक खेल झैँ लाग्छ 

एक आन्द्रा भएर 

क्षणमै मस्ति गर्न थाल्छन् ।



२०७९ फागुन २४ ०८:०२ बजे

प्रतिक्रिया