होलीको रकम विपन्न परिवारलाइ हस्तातरण

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन २३ १८:३४ बजे
रकम पीडित परिवारलाई हस्तान्तरण

हर्ष र उल्लासमय  रङ्गहरुको पर्व पहाडको होली एक अर्कामा खुशी बाड्दै  समापन संगै भित्रीमदेशका दुइ वटा होली  टिमहरु द्वारा परिवारलाइ होली बाट उठेको रकम हस्तान्तरण गरेका छन।

 परशुराम नगरपालिका वडा न . ४ कटाल रेडज्वाला होली टिमले नारायण कठायत मेमोरियलका अध्यक्ष चक्र बहादुर मालले स्वर्गीय नारायण कठायत कि पत्नी बिमला धामी  को घरमै पुगेर चौध हजार तिस रुपया नगद  हस्तान्तरण गरेका छन ।बिगत लामो समय देखि रेडज्वाला होली टिम लाइ साथ सहयोग गर्दै आइरहेका स्व. कठायतको सम्झना र उहाको पारिवारिक अवस्था लाइ मध्यनजर गर्दै  होली टिमले नगद हस्तान्तरण गरेको हो।

 २०७९ सालको होली  बाट उठेको रकम भोजभतेर गरेर फजुल  खर्च गर्नुभन्दा पनि गाउँघरमा रहेका थुप्रै आर्थिक अभाबमा रहेका  परिवारलाई हस्तान्तरण गरे समाजमा सकारात्मक संदेश जाने र युवापिढिमा पनि केही राम्रो गरौ भन्ने सोचको बिकास हुने कुरा होली टिमका अध्यक्ष चक्र मालले बताउनु भयो।

त्यसैगरी परशुराम नगरपालिका वडा न. ९ गाइबाधे बैजनाथ कृषक समूह होली कमिटीले पनि होली बाट उठेको  रकम आर्थिक अवस्था कमजोर भै उपचार गर्न समस्यामा रहेका जय बहादुर धामिकि  आमा लाई नगद  दश हजार हस्तान्तरण गरेको होली टिमका  अध्यक्ष दिपक धामीले बिम्ब अनलाइन सङ्ग बताउनु भयो।

 पिडित जय बहादुर धामी लामो समय देखि मानसिक रुपमा पिडित हुनुका साथै उहाँका बुबा पनी उपचारको क्रममा  हुनुहुन्छ ।पारिवारिक  आर्थिक अवस्था  कमजोर भएकाले विभिन्न संघ सँस्था , स्थानीय निकाय सङ्ग पनि आर्थिक सहयोगका लागि अपिल गरेको तर कसैले पनि सहयोग नगरेको पिडितकि आमाले बताउनु भएको छ।  होली मार्फत उठेको रकम पिडित परिवारलाई हस्तान्तरण गर्दा सम्बन्धित परिवार मात्र नभै देश बिदेश बाट पनि सहयोग गर्ने परोपकारी हातहरु पनि वढ्ने सक्ने र होलीको समयमा थोरै भए पनि खुशि साटासाट गर्न पाएको कुरा  अध्यक्ष दिपक धामिले बताउनु भएको छ। 

 

 

२०७९ फागुन २३ १८:३४ बजे

प्रतिक्रिया