कतार प्रहरीमा पठाउने भन्दै १५ लाख रुपैयाँसम्म उठाउने व्यहोराको म्यानपावरमाथि अनुसन्धान

कतार प्रहरीमा पठाउने भन्दै १५ लाख रुपैयाँसम्म उठाउने व्यहोराको म्यानपावरमाथि अनुसन्धान

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २६ १३:०९ बजे
म्यानपावरमाथि अनुसन्धान

 काठमाडौं ।   वैदेशिक रोजगार विभागले कतार प्रहरीमा पठाउने भन्दै ठगी गर्ने म्यानपावरमाथि  अनुसन्धान थालिएको  छ  ।

वैदेशिक रोजगार विभागबाट इजाजतप्राप्त संस्था अल तकेत ओभरसिज नेपाल प्रालीले कतार प्रहरीमा पठाउने भनि अन्तर्वार्ताको मिति समेत तोकेको अवस्थामा आकस्मिक अनुगमन गरेर अनुसन्धान  थालिएको हो । अनुसन्धानका  विभागका अनुसार  विभिन्न व्यक्तिसँग १५ लाख रुपैयाँसम्म उठाएको भन्ने व्यहोराका समाचारहरु प्रकाशन भएका भन्दै संस्थाको काम शंकास्पद लागेर अनुसन्धान थालिएको  हो ।

अहिले म्यानपावरका सम्बन्धित कागजात बरामद गरी अन्य आवश्यक अनुसन्धान भइरहेका विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले  बताएका छन् । 

२०७९ साउन २६ १३:०९ बजे

प्रतिक्रिया