ट्रेनबाट खसेर जीवन बि. क. को निधन

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन २३ १४:०१ बजे
मृतक जिवन वि.क.

 तेलांगाना भारत-  वागलुङ जैमिनी नगरपालिका वाड नं. ८, छिस्ती  घर भएका जीवन बि क  रोजीरोटीको समस्या समाधान गर्न  कामको खोजीको  सिलसिलामा गाउँकै साथीहरू संग चेन्नई जाने क्रममा गोरखपुर बाट राप्तीसागर ट्रेन चढेका थिए।उनीहरूको थर्ड एसी कोचमा टिकट बुकिंग थियो। यात्राका दौरान दिनांक ५ मार्च २०२३ तदानुसार २०७९ फाल्गुन २१ गते का दिन ११ बजे बिहान आन्ध्रप्रदेशको वाराङगल देखी ३० किलोमिटर अगाडी चेन्नई तर्फ दौडी रहेको राप्तीसागर ट्रेन बाट खसेर निजको घटनास्थलमानै दुखत निधन भएको कुरा रेलवे प्रहरीले जानकारी दिएका छन।

जीवन बिक पिसाव फेर्न जान्छु भन्दै एसी कोच बाट बिहान ६ बजे बाहिर निस्केका थिए तर उनी कोचमा फर्की नआएका   उनका  सँगका साथीहरुले  बताएका छन । मृतक जीवन बि क को पार्थिव शरीर रेलवे प्रहरीले  बिहान ११.३० बजे रेलवे ट्रेकबाट बरामद गरेको थियो।दुर्घटना भएको खबर दिनको लागि मृतकको फोनबाट डायल गरिएको अन्तिम नम्वर लाइ प्रहरीले  सम्पर्क गर्दा दिल्लीमा रहेका मृतकका  दाजु ओम प्रकाश बिक संग सम्पर्क भएको  एकता समाजले वताए।

प्रहरीले  जीवनको पार्थिव शरीर तेलंगाना प्रदेशको वारंगल रेलवे स्टेशन नजिकको सरकारी हस्पिटलमा रहेको जानकारी  मृतकका दाजुओम प्रकाशलाइ दिएका छन।  अखिल भारत नेपाली एकता समाज को सहयोगमा   मृतक का दाजु ओमप्रकाश बिक दिल्ली बाट , दुर्गा बिक र सिवलाल बिक चेन्नई बाट घटनास्थल तेलंगानाको वारंगल तर्फ  जाने कुरा एकता समाजले वताएको छ।    अखिल भारत नेपाली एकता समाजले यस घटनामा आबश्यक सहयोग एवम मृतकका परिवारलाइ क्षतिपुर्ति  दिलाउन सहयोग गर्ने जनाएको छ। समाजले  सम्पूर्ण नेपाली मज़दूरहरूलाइ यात्राका दौरानमा होसीयारी का साथ यात्रा गर्न आग्रह  गरेको छ।। नेपाली मज़दूर जीवन बिकको दुखद निधन प्रति  अखिल भारत नेपाली एकता समाजले गहिरो दुःख  प्रकट गर्दै  मृतक प्रर्ति श्रध्दाञ्जली एवम शोकाकुल परिवार प्रति हार्दिक समवेदना प्रकट गरेको कुरा एकता समाजका महासचिव महेन्द्र वस्यालले वताएका छन।


२०७९ फागुन २३ १४:०१ बजे

प्रतिक्रिया