भारत चेन्नैइ -अखिल भारत नेपाली विद्यार्थी संघ चेन्नई उत्तर नगर समितिको तत्वावधनमा दिनांक ५ मार्च २०२३ का दिन चेन्नईको हार्वार क्वाटरको प्रांगणमा आयोजना गरिएको खेलकूद कार्यक्रमको अध्यक्षता सिव के सीले गर्नुभयो। अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। उपस्थित अतिथि र खेलाडीहरूलाइ सर्मिला बि क ले स्वागत गर्नु भएको छ।
भलिवल रनिंग शिल्ड प्रतियोगिताको उद्घाटन बिद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष तथा क्षेत्रीय अध्यक्ष बिक्रम केसीले तालीको गडगडाहटमा रिबन काटेर गर्नु भयो। खेलकूद कार्यक्रम सफलताको शुभकामना दिनेहरूमा अखिल भारत नेपाली एकता समाजका केन्द्रीय महासचिव महेन्द्र बस्याल, केन्द्रीय सदस्य शेर बहादुर बि क, हेमराज रिजाल, रन बहादुर थापा, उमानन्द आचार्य, दुर्गा सुवेदी, नर बहादुर गुरूङ, माया हमाल, तिलकराम गोराथोकी र क्षेत्रीय सदस्य मोहराज सुवेदी रहनु भएको थियो।
कोरोना र लकडाउन पछि आरंभ गरिएको खेलकूद कार्यक्रम दिनको करिब २ वजेशुरू भएको थियो। खेलमा चेन्नई पूर्व, चेन्नई दक्षिण ए.वि.चेत्रइ पश्चिम, बिद्यार्थी, चेन्नई उत्तर ए, वि. गरी ७ टिमले भाग लिएका थिए। कडा प्रतिसपर्धा पछि अखिल भारत नेपाली एकता समाज चेन्नई उत्तर नगर समितिको टिम प्रथम र चेन्नई पश्चिम नगर समितिको टिम ध्दितिय भएका थिए। खेललाइ ब्यबस्थापन गर्नको लागि प्रमुख अंपायर नर बहादुर गुरूङ, शेर बहादुर बि क, कमल थापा र बिजय गुरूङ रहेका थिए। खेलमा उत्कृष्ठ खेलाडीको रूपमा बिष्णु नेपाली छनोट भएका थिए। बिजयी खेलाडीहरूलाइ पुरस्कार अखिल भारत नेपाली एकता समाजका केन्द्रीय महासचिव महेन्द्र वस्याल र सोसियल वर्कर तथा एल.आइ.सि. का डेवलपमेंट अफिसर अलागाडुराइले दिनु भएको थियो।
प्रतिक्रिया