बुटवल । सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहिको बरिष्ठ उपाध्यक्षमा व्यावसायि नेत्रप्रसाद आचार्य बिजयी भएका छ्न । फागुन १९ र २० गते भएको सघंको ६४ औं वार्षिक साधारणसभा तथा अधिवेशनमा भएको निर्वाचन बाट अध्यक्षमा ठाकुर कुमार श्रेष्ठ, बरिष्ठ उपाध्यक्षमा नेत्र प्रसाद आचार्य, उपाध्यक्षमा गोबिन्द ज्ञवाली सहित उनको प्यानलका सचिव पदका उम्मेदवार धर्मवीर शर्मा बाहेक सबै उम्मेदवार बिजयी भएका छ्न।
बरिष्ठ उपाध्यक्षमा पदमा उम्मेदवारी दिएका आचार्यले अरुण कुमार गोयनकालाई पराजित गरेका हुन। आचार्य २०६१ देखि सिद्धार्थ उद्योग बाणिज्य संघमा प्रबेश गरि पहिलो पटक २०६४ सालमा कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि तीन कार्यकाल निरन्तर कार्यसमिति सदस्यमा बसेर काम गरेि सके पछि एक कार्यकाल सचिव, एक कार्यकाल महासचिव, एक कार्यकाल उपाध्यक्ष पदमा निर्वाचित भएर काम गरेको अनुभव छ । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको सस्थागत बिकास, उद्योगी, व्यवसायिको हितका लागि निरन्तर रुपमा काम गर्दै आएका व्यवसायि आचार्य भैरहवाका प्रतिष्ठित गल्ला व्यापारी हुन् । आचार्य व्यवसायका साथसाथै बिभिन्न सामाजिक संघसस्थामा समेत आबद्ध छन् ।
प्रतिक्रिया