दिवेश कुमार महतो
ढल्केवर - अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना र वटेशवर गाउँपालिका को समन्वयमा मानव अधिकार समुहका सदस्य र सरोकारवालाहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।
धनुषाको वटेश्वर गाँउपालिका स्थित रहेको गाँउपालिकाको सभाहलमा संचालन भएको तालिम मिति २०७९ फागुन १७ र फागुन १८ गते अर्थात दुई दिन चलेको थियो। समापन कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशकी प्रमुख मञ्जु खतिवडाले इन्सेकले गरेको काम प्रति प्रसंशा गर्दै, तालिममा सहभागी भएकाहरुलाई सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभएकी थिइन्।
विशिष्ट अतिथिको रुपमा रहेको गाँउपालिका अध्यक्ष रामअशिष महतोले शिक्षा आर्जन गरेको कुरालाई व्यवहारमा उतार्न सफल भए मात्र आर्जन गरेको शिक्षा को महत्त्व रहने बताउनुभयो। इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले स्थानीय निकायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन इन्सेक हातेमालो गर्न, समन्वय र सहकार्य गरेर समाधान पहिल्याउन तत्पर रहेको बताउनुभयो।
दुई दिने तालिममा मधेस प्रदेश संयोजक पासवानले इन्सेकको परिचय, मानव अधिकारको विकास अवधारणा, समाजमा भएको हानिकारक मान्यता, महिला विरुद्धका हिंसाका घटनामा कानुनी प्रावधान लगायतका विषयमा प्रशिक्षण दिइएको जानकारी समेत गराउनुभएको थियो।
प्रतिक्रिया